Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

नयाँ पर्यटन नीति सार्वजनिकः नेपाललाई अद्वितीय पयर्टकीय गन्तव्य बनाउने सरकारको दाबी


काठमाडौँ। सरकारले मुलुकको पर्यटन क्षेत्रको समग्र विकास तथा प्रवद्र्धनका लागि नयाँ पर्यटन नीति सार्वजनिक गरेको छ ।

सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित कार्यक्रमकाबीच मन्त्री बद्रीप्रसाद पाण्डेले नयाँ पर्यटन नीति सार्वजनिक गरेका हुन् । मन्त्री पाण्डेले नीति सार्वजनिक गर्दै नेपाललाई अद्वितीय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न नीति महत्वपूर्ण हुने बताए । उनले नीतिको कार्यान्वयनको समयमा देखिएका समस्या र छुटेका विषयहरु समेत नीतिमा समावेश गर्दै जाने बताए । उनले नीति कार्यान्वयनका लागि कार्यनीति र रणनीति निर्माणको प्रक्रिया पनि अघि बढिरहेको जानकारी दिए । उनले संघीयतालाई थप प्रभावकारी बनाउन समन्वय परिषद् समेत गठन गरिएको उल्लेख गर्दै विभिन्न ठाउँमा गरी तीन वटा बैठक सम्पन्न भइसकेको पनि बताए । नीतिमार्फत नेपाललाई सांस्कृतिक र प्राकृतिक दृष्टिकोणबाट अन्तर्राष्ट्रिय बजारमा छुट्टै पहिचान दिलाउने लक्ष्य लिएको उनको भनाइ छ ।

उनले भने, ‘मुलुकमा सुशासन कायम होस् भन्ने हिसावले नै नीति ल्याउने हो । राम्रो नीति बनाउने हो । यस नीतिमा अझै पनि केही कुरा छुटेको हुनसक्छ । त्यसका लागि पनि हामी सबै सचेत छौं । नीतिमा छुटेका कुराहरुलाई अगामी दिनमा मिलाउने अधिकार हामीलाई छँदैछ । तर अहिलेको लागि हामी सबैको लागि खुशीको कुरा भनेको हामीले नीति प्राप्त गरेका छौं । अद्वितीय पर्यटकीय गन्तव्य रुपमा नेपाललाई चिनाउनको लागि पनि नीतिले महत्वपूर्ण भुमिका खेल्ने छ । पर्यटकीय हिसाबले र सांसकृतिक हिसावले पनि नेपालबाहिर दोस्रो त्यस्तो ठाउँ छैन । त्यसको कार्यान्वयनको लागि कार्यनीति र रणनीति बनाउने कामहरु समेत भइरहेको छ । संघीयतालाई अझै प्रभावकारी बनाउनको लागि हामीले समन्वय परिषद् गठन भएको छ ।’

मन्त्रालय मातहतका निकायहरुको मर्ज गर्ने मन्त्रिपरिषद्को निर्णयले ऐन निर्माणमा केही समस्या भएको पनि मन्त्री पाण्डेले बताए । उनले सबै निकायहरुको लागि विशिष्टकृत ऐन निर्माणमा मन्त्री सक्रिय रहेको बताए । भैरहवा विमानस्थलमार्फत बौद्ध धर्मावलम्वी भएका देशहरुमा सिधा उडान होस् भन्ने धेरै चाहना भएको उल्लेख गर्दै उनले त्यहीअनुसार कार्ययोजना बनाइरहेको पनि बताए ।


प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?