Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

पातारासीमा ‘हाइअल्टिच्युट’ तालिम केन्द्र


जुम्लाको पातारासी गाउँपालिका ‘हाइअल्टिच्युट’ तालिमको केन्द्र बन्ने भएको छ । पातारासी –३ स्थित लोठचौरमा निर्माण हुने सो केन्द्रका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारबाट रु ५० लाख बजेट विनियोजित भएको छ ।

पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले उपभोक्ता समितिमार्फत केन्द्रको निर्माण हुने जानकारी दिनुभयो । पूर्वपशुपक्षी विकासमन्त्री गोमा गौतम (कुँवर) को पहलमा पातारासीको लोठचौरमा सो केन्द्र बन्ने लागेको हो ।

केन्द्र कर्णालीकै नमुना भएको पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले बताउनुभयो । पातारासीमा पर्यटकीय सम्भावना धेरै रहेका जनाइएको छ । कालीमार्सी धान फल्ने छुमचौरमा केन्द्र निर्माण गरेर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखिइएको छ ।


प्रकाशित मिति: २२ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?