Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

पातारासीमा ‘हाइअल्टिच्युट’ तालिम केन्द्र


जुम्लाको पातारासी गाउँपालिका ‘हाइअल्टिच्युट’ तालिमको केन्द्र बन्ने भएको छ । पातारासी –३ स्थित लोठचौरमा निर्माण हुने सो केन्द्रका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारबाट रु ५० लाख बजेट विनियोजित भएको छ ।

पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले उपभोक्ता समितिमार्फत केन्द्रको निर्माण हुने जानकारी दिनुभयो । पूर्वपशुपक्षी विकासमन्त्री गोमा गौतम (कुँवर) को पहलमा पातारासीको लोठचौरमा सो केन्द्र बन्ने लागेको हो ।

केन्द्र कर्णालीकै नमुना भएको पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले बताउनुभयो । पातारासीमा पर्यटकीय सम्भावना धेरै रहेका जनाइएको छ । कालीमार्सी धान फल्ने छुमचौरमा केन्द्र निर्माण गरेर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखिइएको छ ।


प्रकाशित मिति: २२ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?