Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

ताप्लेजुङको तमोरमा काठको पुल निर्माण


फुङ्लिङ, ताप्लेजुङ। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाभित्र सबै गाउँ–गाउँसम्म यातायात सेवा दिने उद्देश्यले तमोर नदीमा काठको पुल निर्माण गरिएको छ । पक्की पुल निर्माण गर्न बजेट अभाव भएपछि गाउँपालिकाले काठको पुल निर्माण गरेको हो । उक्त गाउँपालिकाले सवारीसाधन सञ्चालन गर्न तमोर नदीमा दुईवटा काठका पुल निर्माण गरेको छ । सदरमुकाम फुङ्लिङबाट पालिका क्षेत्र पुग्ने सानो खोलामा पाँचवटा मोटरेबल पुल निर्माण तथा मर्मतसम्भार गरेको गाउँपालिकाले जनाएको छ भने फक्ताङ्लुङ गाउँपालिकाले चालु आर्थिक वर्षमा अस्थायीरुपमा काठको पुल निर्माण तथा मर्मतसम्भार गर्नका लागि रु १० लाख बजेट विनियोजन गरेको छ । उक्त विनियोजित बजेटबाट तमोर नदीमा काठेपुल निर्माण गरिएको छ भने अन्य पुल मर्मतसम्भार गर्ने योजना छ । फक्ताङ्लुङ भौगोलिकरुपमा विकट छ । तमोर नदीको दुवैतर्फ यो गाउँपालिका विभाजित छ । वडा नं १ सावा दिन, वडा नं २ खेजेनिम, वडा नं ४ इखाबु र वडा नं ६ लेलेप तमोर नदीको दायाँ भागमा पर्दछ । यस्तै वडा नं ३ लिङखिम र वडा नं ५ तापेथोक र वडा नं ६ लेलेपका सेकाथुम र अन्य गाउँ तमोर नदीको बायाँ किनारामा पर्छन् । एक गाउँबाट अर्को गाउँ आवतजावत गर्न तमोर नदी तर्नुपर्दछ ।

अहिले प्रायः सबै वडा सडक सञ्जालले जोडिएका छन् । गाउँ–गाउँमा सडक सञ्जालले जोडिए पनि मोटरेबल पुलको अभावमा समस्या झेलिरहेका यहाँका बासिन्दाका लागि गाउँपालिकाले तमोर नदीमा अस्थायी काठको मोटरेबल पुल निर्माण गरेको हो । पुल निर्माणपछि अहिले गाउँ–गाउँमा यातायात सेवा पुगेको फक्ताङ्लुङ गाउँपालिका–१ का वडाध्यक्ष यज्ञप्रसाद लिम्बूले बताए । यसअघि पक्की मोटरेबल पुलको अभावमा स्थानीयवासी तमोर नदीको जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए भने पक्की मोटरेबल पुल निर्माण नभएसम्म गाउँपालिकाले विगत छ वर्षदेखि अस्थायी काठे मोटरेबल पुल निर्माण गरेर गाउँ–गाउँमा सवारीसाधन पुर्याउँदै आएको छ ।


प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?