Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

सुकुना चलचित्र मन्दिर पुनःसञ्चालनमा


लामो समयदेखि बन्द अवस्थामा रहेको विराट चोकको सुकुना चलचित्र मन्दिर पुनःसञ्चालनमा आएको छ । विराट सिने नामबाट उक्त हल सञ्चालनमा आएको हो । सो हलमा नेपाली फिल्म छक्का ‘पञ्जा ४’ शुक्रबारदेखि प्रदर्शन भएको सञ्चालक तथा फिल्म निर्माता चीरञ्जीवी बस्नेतले जानकारी दिनुभयो ।

उहाँले सिनेमा हल व्यवसायका लागि मात्र नभएर कलाकारको सम्मान तथा कला संस्कृतिको जगेर्ना गर्ने भएकाले हल सञ्चालनका लागि स्थानीयको साथ सहयोग हुन जरूरी छ भन्नुभयो । तीन लगानीकर्ताको रु चार करोडभन्दा माथिको रकममा सुविधा सम्पन्न हल सञ्चालनमा आएको उहाँले बताउनुभयो । सो हलमा एक सय ३० सिट क्षमता छ । सो हल विगत दुई दशकअघि स्थानीय गणेश खड्का, ईश्वरी विष्ट,केशव विष्ट लगायतले सञ्चालन गर्नुभएको थियो ।

सञ्चालक बस्नेतले भन्नुभयो, “अहिले एउटा पर्दा सञ्चालनमा आएको छ । अब केही समयपछि दोस्रो पर्दा सञ्चालनमा आउने छ ।” सुन्दरहरैँचा नगरपालिका क्षेत्रमा एउटा सिनेमा हलको खाँचो भएकाले यस अभावलाइ विराट सिनेले पूरा गर्ने वडा नं ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयो ।


प्रकाशित मिति: २१ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?