Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

तेजु स्मृति पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना


नेपाल प्रेस युनियन जिल्ला शाखाका संस्थापक अध्यक्ष स्व तेजबहादुर खड्का ‘तेजु’को स्मृतिमा रु तीन लाख १३ हजार एक सयको अक्षयकोष स्थापना गरिएको छ । प्रेस युनियन जिल्ला शाखाले एक कार्यक्रमबीच अक्षयकोषको घोषणा गरेको हो । तेजु स्मृति पत्रकारिता पुरस्कार स्थापनाका लागि विभिन्न पत्रकार तथा राजनीतिज्ञले आफ्नो जन्मोत्सवका अवसरमा सहयोग गरेको रकमबाट अक्षयकोष घोषणा गरिएको नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष प्रकाश बमले जानकारी दिनुभयो ।

अध्यक्ष बमले भन्नुभयो, “हरेक दुई वर्षमा प्रेस युनियनको स्थापना दिवस जेठ १३ गतेका दिन एकजनालाई पुरस्कार प्रदान गरिनेछ ।” नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका अध्यक्ष मोहन शाहीको संयोजकत्वमा तेजु स्मृति पत्रकारिता पुरस्कार कार्यविधि निर्माण गरिएको छ । समितिका संयोजक शाहीले पुरस्कार छनोटका लागि नेपालमा कार्यक्षेत्र बनाएर पत्रकार, लेखक, स्तम्भकार, फोटोग्राफर, कलाकार, अभियन्ता तथा बौद्धिक व्यक्तित्वको छवि बनाई सामाजिक जीवनयापन गरिरहेको हुनुपर्ने बताउनुभयो । उहाँका अनुसार पुरस्कार छनोट गर्ने मितिमा कम्तीमा पाँच वर्ष अनवरत रूपमा क्रियाशील रही प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा विशिष्ट योगदान दिएको हुनुपर्नेछ ।

पत्रकार खड्का बाजुराको बूढीनन्दा धार्मिक तथा पर्यटकीयस्थलको रिपोर्टिङ गरेर फर्किने क्रममा बेपत्ता हुनुभएको थियो । बेपत्ता भएका खड्काको तीन वर्षपछि मात्रै कङ्काल भेटिएको थियो । त्यसको डिएनए र घटनास्थलमा भेटिएका सामग्रीका आधारमा उहाँको मृत्यु भएको पुष्टि भएको थियो ।


प्रकाशित मिति: २० फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?