Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

तेजु स्मृति पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना


नेपाल प्रेस युनियन जिल्ला शाखाका संस्थापक अध्यक्ष स्व तेजबहादुर खड्का ‘तेजु’को स्मृतिमा रु तीन लाख १३ हजार एक सयको अक्षयकोष स्थापना गरिएको छ । प्रेस युनियन जिल्ला शाखाले एक कार्यक्रमबीच अक्षयकोषको घोषणा गरेको हो । तेजु स्मृति पत्रकारिता पुरस्कार स्थापनाका लागि विभिन्न पत्रकार तथा राजनीतिज्ञले आफ्नो जन्मोत्सवका अवसरमा सहयोग गरेको रकमबाट अक्षयकोष घोषणा गरिएको नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष प्रकाश बमले जानकारी दिनुभयो ।

अध्यक्ष बमले भन्नुभयो, “हरेक दुई वर्षमा प्रेस युनियनको स्थापना दिवस जेठ १३ गतेका दिन एकजनालाई पुरस्कार प्रदान गरिनेछ ।” नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका अध्यक्ष मोहन शाहीको संयोजकत्वमा तेजु स्मृति पत्रकारिता पुरस्कार कार्यविधि निर्माण गरिएको छ । समितिका संयोजक शाहीले पुरस्कार छनोटका लागि नेपालमा कार्यक्षेत्र बनाएर पत्रकार, लेखक, स्तम्भकार, फोटोग्राफर, कलाकार, अभियन्ता तथा बौद्धिक व्यक्तित्वको छवि बनाई सामाजिक जीवनयापन गरिरहेको हुनुपर्ने बताउनुभयो । उहाँका अनुसार पुरस्कार छनोट गर्ने मितिमा कम्तीमा पाँच वर्ष अनवरत रूपमा क्रियाशील रही प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा विशिष्ट योगदान दिएको हुनुपर्नेछ ।

पत्रकार खड्का बाजुराको बूढीनन्दा धार्मिक तथा पर्यटकीयस्थलको रिपोर्टिङ गरेर फर्किने क्रममा बेपत्ता हुनुभएको थियो । बेपत्ता भएका खड्काको तीन वर्षपछि मात्रै कङ्काल भेटिएको थियो । त्यसको डिएनए र घटनास्थलमा भेटिएका सामग्रीका आधारमा उहाँको मृत्यु भएको पुष्टि भएको थियो ।


प्रकाशित मिति: २० फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?