Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

सारिका चौधरीद्वारा महिला संघलाई कम्यूटर र प्रिन्टर सहयोग


काठमाडौं: चौधरी फाउण्डेसनकी कोषाध्यक्ष सारिका चौधरीले नेपाल महिला संघलाई कम्प्यूटर र प्रिन्टर सहयोग गरेकी छन् । नेपाली कांग्रेस निकट भ्रातृसंस्था महिला संघलाई शुक्रबार चौधरीले कार्यालय प्रयोजनका लागि कम्प्यूटर र प्रिन्टर सहयोग उपलब्ध गराएकी हुन् । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीकी धर्मपत्नी सारिकाले दशैंका अवसरमा महिला संघलाई उक्त सहयोग उपलब्ध गराएकी हुन् ।

काठमाडौंको धापासीमा रहेको महिला संघको केन्द्रीय कार्यालयमा कम्प्यूटर अभाव थियो । महिला संघ केन्द्रीय अध्यक्ष उषा मिश्र रावतलाई कम्प्यूट र प्रिन्टर हस्तान्तरण गरिएको हो । सामाजिक कार्यमा निरन्तर सक्रिय चौधरीले विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएकी छन् । नेपालको प्रतिष्ठित व्यापारीक घराना चौधरी ग्रुपले सामाजिक उत्तरदायित्व अन्तर्गत चौधरी फाउण्डेसमार्फत देशका विभिन्न जिल्लामा सामाजिक कार्य गर्दै आएको छ । पछिल्लो समय नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा चौधरी फाउण्डेसनमार्फत् विभिन्न सामाजिक कार्यक्रम सञ्चालनमा छन् । नवलपरासी १ कांग्रेस नेता विनोद चौधरीको निर्वाचन क्षेत्र हो ।


प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?