Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सारिका चौधरीद्वारा महिला संघलाई कम्यूटर र प्रिन्टर सहयोग


काठमाडौं: चौधरी फाउण्डेसनकी कोषाध्यक्ष सारिका चौधरीले नेपाल महिला संघलाई कम्प्यूटर र प्रिन्टर सहयोग गरेकी छन् । नेपाली कांग्रेस निकट भ्रातृसंस्था महिला संघलाई शुक्रबार चौधरीले कार्यालय प्रयोजनका लागि कम्प्यूटर र प्रिन्टर सहयोग उपलब्ध गराएकी हुन् । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीकी धर्मपत्नी सारिकाले दशैंका अवसरमा महिला संघलाई उक्त सहयोग उपलब्ध गराएकी हुन् ।

काठमाडौंको धापासीमा रहेको महिला संघको केन्द्रीय कार्यालयमा कम्प्यूटर अभाव थियो । महिला संघ केन्द्रीय अध्यक्ष उषा मिश्र रावतलाई कम्प्यूट र प्रिन्टर हस्तान्तरण गरिएको हो । सामाजिक कार्यमा निरन्तर सक्रिय चौधरीले विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएकी छन् । नेपालको प्रतिष्ठित व्यापारीक घराना चौधरी ग्रुपले सामाजिक उत्तरदायित्व अन्तर्गत चौधरी फाउण्डेसमार्फत देशका विभिन्न जिल्लामा सामाजिक कार्य गर्दै आएको छ । पछिल्लो समय नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा चौधरी फाउण्डेसनमार्फत् विभिन्न सामाजिक कार्यक्रम सञ्चालनमा छन् । नवलपरासी १ कांग्रेस नेता विनोद चौधरीको निर्वाचन क्षेत्र हो ।


प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?