Trending
>>   आज मिति २०८१ साल मङ्सिर १४ गते शुक्रबार ,हेर्नुहोस आजको राशिफल >>   श्रीमान श्रीमतीबीच सुमधुर सम्बन्ध चाहनुहुन्छ ? अपनाउनुहोस यी प्रभावकारी उपाएहरु >>   काँग्रेस, एमाले र माओवादीबीच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन सकेनः अध्यक्ष लिङदेन >>   एमालेमाथि भइरहेको हमलाको जवाफ कीर्तिपुरका जनताले दिनुपर्छः एमाले महासचिव पोखरेल >>   राजनीतिक दलहरु कहिल्यै स्वतन्त्र हुन सक्दैनः महामन्त्री शर्मा >>   जानकी मन्दिरमा विवाहपञ्चमीको तयारी अन्तिम चरणमा >>   सरकारले मैले गरेका राम्रा कामविरुद्ध तीर सोझ्याएको छः पुष्पकमल दाहाल >>   राहुल विकले जिते सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि >>   कान्तिपुरलाई मिसन पत्रकारिता भन्नु भएकोमा साधुवाद ! >>   कान्तिपुरका प्रधान सम्पादकलाई केही प्रश्न !
Logo
१३ मंसिर २०८१, बिहीबार
१३ मंसिर २०८१, बिहीबार

पर्यटकीय क्षेत्रमा फस्टाउँदै किवी खेती


२७ ,असोज ,फुङ्लिङ (ताप्लेजुङ) । फुङ्लिङ नगरपालिका–११ लालीखर्क क्षेत्र एक पर्यटकीय क्षेत्र हो । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल जाने पर्यटकले फुङ्लिङदेखि पहिलो क्यापहो लालीखर्क । विगतका वर्षहरुमा लालीखर्क क्षेत्र पर्यटकको भरिभराउ हुन्थो । तर अहिले किवीको बोट झाङ्किएर लालीखर्क भरिभराउ भएको छ ।

सरमुकाम फुङ्लिङ बजारदेखि सुकेटार विमानस्थल हुदै लालीखर्क भएर सडक विस्तार भएसँगै लालीखर्क ओझेलमा पर्दै गयो । असोज, कात्तिक र मंसिर महिना पर्यटकको खचाखच हुने लालीखर्क विस्तारै सुनसानजस्तै बन्दै गयो ।

पर्यटकको राम्रो चहलपहल भएको समयमा यस क्षेत्रमा घर घडेरीसमेत किनबेच भएको थियो । धेरैले लालीखर्कमा घडेरी किनेर पर्यटन लक्षित गरेर होटल सञ्चालन गरेका थिए ।

लालीखर्कलाई चिरेर बिचमा पारेर सडक अहिले सिरिजङ्गा गाउँपालिकाको मांमाखे पुगेछ । यस पदमार्ग हँुदै जाने पर्यटक गाडीमा फहुत्तिएर मामांखे पुग्न थाल्यो ।

लालीखर्कका होटल व्यवसायी भने धुलो खाँदै बस्नुपर्ने समय आएपछि बसाई सराई जान थालेको स्थानीय भइरहेको छ । लालीखर्क क्षेत्रमा विगतमा होटल खचाखच हुने ठाउँमा अहिले बसाइँसराइले घर खाली भएको छ ।

विगतमा १३ वटा होटल सञ्चालनमा थियो तर अहिले तीन वटा घर मात्रलाली खर्कमा बसोबास गर्दै आएको स्थानीय धनबहादुर विष्टले बताए । उनले भए, “अहिले लालीखर्क पहिलेको जस्तै छैन । सुनसान भएको छ । मेरो पनि परिवार सबैले घर छोडेर गइसकेका छन् । दुई चार वटा गाईबस्तु छन् त्यै भएर म यतै छु । किन्ने आएमा बिक्री गरेर म पनि जाने सोचमा छु ।”

लालीखर्कमा पर्यटक आउजाउ शून्य भयो । होटल बन्द भयो । छरछिमेक घर छोडेर बसाई सरेर गए । पर्यकको खचाखच हुने लालीखर्कका फाँटमा उराठ लाग्नथाल्यो । पर्यटकको क्याम्प क्षेत्र सुनसान भएसँगै केही होटल सञ्चालकले आफ्नो घर त्यतिकै छोडेर बसाई सरेर गएका छन् । घर भने त्यतिकै छ । घरमा होटलको साइनबोर्डसमेत देखन सकिन्छ । तर अहिले कहीँकतै एउटा गिलास चियार पनि पाइँदैन ।

स्थानीय युवा शुक्रराज लिम्बूले भने सुनसान भएको लालीखर्कका फाँटमा सम्भावनाको खाजी गर्न थाले । रित्तिएको बस्तीमा उजाड बनाउने सपनाका साथ वैकल्पिक सम्भावनाको खोजी गर्ने क्रममा किवी खेतीले लिम्बूको मन तान्यो । लिम्बूले किवी खेती विस्तारै गर्नु थाले ।

लालीखर्कका फाँटमा किवीको बोट झाकिन थाल्यो । सात रोपनी क्षेत्रफल जमिनमा किवी खेती विस्तार गरेको लिम्बूले बताए । उनले भने, “यो साल पनि राम्रो फलेको छ, तर व्यवसायीकरुपमा आउँदो वर्षदेखि चाँहि हुन्छ ।” लिम्बूले लगाएको किवी बगानबाट पहिलो पटक फल्न थालेको हो । अहिले प्रत्येक बोटमा दुईदेखि चार केजीसम्मको फल रहेको लिम्बूले बताए । अर्को वर्ष भने राम्रो उत्पादन हुने सङ्केत देखिएको लिम्बूले बताए ।

किवी विस्तार गरेसँगै लिम्बू आफ्नो नाममालालीखर्क कृषि फार्म दर्ता गरेका छन् । फार्मको उद्देश्य राम्रो भएकाले कृषि ज्ञान केन्द्र ताप्लेजुङले रु पाँच लाख अनुदान दिएको कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ । पाँचलाख अनुदानबाट किवीको फलामे थाङ्क्राको व्यवस्थापन गरेको लिम्बूले बताए ।

फलफूलको राजा उपनामले परिचित फल किवीले बजार विस्तार हँुदै गएको छ । ताप्लेजुङसहित पूर्वका अधिकांश पहाडी तथा हिमाली जिल्लाका किसानले किवीको राम्रो बजार देखेपछि किवीखेतीप्रति प्रभावित भएर किवीखेती गर्न थालेका छन् ।

ताप्लेजुङमा पाँच/आठ वर्षअघिदेखि किसानले किवी खेती सुरु गरेको पाइन्छ । अहिले धेरै किसानले व्यावसायिकरूपमा किवीखेती लगाउन सुरु गरेका छ । किसानले लगाएको खेतीबाट किवी उत्पादन हुन थालेसँगै बजारमा किवीको माग निरन्तर बढ्दै गएको छ ।

गत वर्ष ताप्लेजुङमा सुरुमा प्रतिकिलो रु छ सयसम्म खरिद/बिक्री भएको किसानको भनाइ छ । फक्ताङलुङ गाउँपालिका–४ इखाबुका स्थानीयवासी बुद्ध काम्बाङले पनि किवीबाट राम्रो फाइदा लिन सकिने अवस्था रहेको बताए ।

शीतभण्डारको व्यवस्था भएमा किवीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने काम्बाङको भनाइ छ । किवीलाई प्रशोधन गरेर जुस, वाइनलगायत रक्सीजन्य परिकार बनाएर उपभोग गर्न सकिने र यसबाट किसानले आम्दानी गर्नसक्ने अवस्था रहेको काम्बाङले बताए ।


प्रकाशित मिति: २७ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?