Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

१९औं एशियन गेम्समा सहभागी खेलाडी तथा अफिसियलहरूलाई स्वागत


काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका महाराजगंजका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी लगायत सिनियर प्रहरी अधिकृतहरुले १९औं एशियन गेम्समा सहभागी खेलाडी तथा अफिसियलहरूलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको छ ।

सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म मित्रराष्ट्र चीनमा सम्पन्न भएको १९औं एशियन गेम्स अन्तर्गत कराते, कबड्डी, भारोत्तोलन तथा भलिबल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरी स्वदेश फिर्ता भएका खेलाडी तथा अफिसियलहरुलाई स्वागत गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारीले हार्दिक बधाई तथा शुभकामना समेत व्यक्त गर्नुभयो ।

उक्त प्रतियोगितामा नेपालले प्राप्त गरेको १ रजत र १ कास्य गरी कुल २ पदकमध्ये कराते खेल अन्तर्गत नेपाल पुलिस क्लबमा आवद्ध कराते खेलाडी एरिका गुरुङले नेपालको कराते खेल इतिहासमै पहिलो पटक एशियन गेम्सको फाईनलमा प्रवेश गर्न सफल भई नेपाललाई रजत पदक दिलाउनु भएको थियो भने आफ्नो डेब्यू खेलमा नै कास्य पदक जित्न सफल नेपाली कबड्डी टिममा नेपाल पुलिस क्लबका खेलाडीहरू प्रहरी सहायक हवल्दारहरू नितु गुरुङ, मानमती विष्ट र अर्पणा चौधरी सहभागी हुनुभएको थियो ।

यसैगरी नेपाल पुलिस क्लबका भारोत्तोलन खेलाडी प्रहरी जवान विशाल सिंह विष्टले कुल ३०१ केजी वजन उचाली तीन राष्ट्रिय कीर्तिमानको साथै नेपाली भारोत्तोलन खेल इतिहासमा ३०० केजी भन्दा बढी वजन उचाल्ने पहिलो नेपाली खेलाडीको ऐतिहासिक राष्ट्रिय कीर्तिमान बनाउन सफल हुनुभएको थियो भने प्रहरी कार्यालय सहयोगी सागर भण्डारीले कुल ३०३ केजी वजन उचाली तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुका साथै नेपाली भारोत्तोलन खेल इतिहासमा हालसम्मकै सबैभन्दा बढी वजन उचाल्ने खेलाडीको ऐतिहासिक राष्ट्रिय कीर्तिमान समेत बनाउन सफल हुनुभएको थियो ।


प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?