Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

१९औं एशियन गेम्समा सहभागी खेलाडी तथा अफिसियलहरूलाई स्वागत


काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका महाराजगंजका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी लगायत सिनियर प्रहरी अधिकृतहरुले १९औं एशियन गेम्समा सहभागी खेलाडी तथा अफिसियलहरूलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको छ ।

सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म मित्रराष्ट्र चीनमा सम्पन्न भएको १९औं एशियन गेम्स अन्तर्गत कराते, कबड्डी, भारोत्तोलन तथा भलिबल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरी स्वदेश फिर्ता भएका खेलाडी तथा अफिसियलहरुलाई स्वागत गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारीले हार्दिक बधाई तथा शुभकामना समेत व्यक्त गर्नुभयो ।

उक्त प्रतियोगितामा नेपालले प्राप्त गरेको १ रजत र १ कास्य गरी कुल २ पदकमध्ये कराते खेल अन्तर्गत नेपाल पुलिस क्लबमा आवद्ध कराते खेलाडी एरिका गुरुङले नेपालको कराते खेल इतिहासमै पहिलो पटक एशियन गेम्सको फाईनलमा प्रवेश गर्न सफल भई नेपाललाई रजत पदक दिलाउनु भएको थियो भने आफ्नो डेब्यू खेलमा नै कास्य पदक जित्न सफल नेपाली कबड्डी टिममा नेपाल पुलिस क्लबका खेलाडीहरू प्रहरी सहायक हवल्दारहरू नितु गुरुङ, मानमती विष्ट र अर्पणा चौधरी सहभागी हुनुभएको थियो ।

यसैगरी नेपाल पुलिस क्लबका भारोत्तोलन खेलाडी प्रहरी जवान विशाल सिंह विष्टले कुल ३०१ केजी वजन उचाली तीन राष्ट्रिय कीर्तिमानको साथै नेपाली भारोत्तोलन खेल इतिहासमा ३०० केजी भन्दा बढी वजन उचाल्ने पहिलो नेपाली खेलाडीको ऐतिहासिक राष्ट्रिय कीर्तिमान बनाउन सफल हुनुभएको थियो भने प्रहरी कार्यालय सहयोगी सागर भण्डारीले कुल ३०३ केजी वजन उचाली तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुका साथै नेपाली भारोत्तोलन खेल इतिहासमा हालसम्मकै सबैभन्दा बढी वजन उचाल्ने खेलाडीको ऐतिहासिक राष्ट्रिय कीर्तिमान समेत बनाउन सफल हुनुभएको थियो ।


प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?