Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

मधेशको स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार आवश्यक छ : सचिव योगेश भट्टराई


जनकपुरधाम । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेशको स्वाभिमान र समृद्धिका लागि नेकपा एमालेको सरकार चाहिने बताए । उनले एमाले अब त्यही लक्ष्यका साथ क्रियाशील हुने समेत बताएका छन् । मधेश प्रदेश अधिवेशनका लागि आज जनकपुरधाम पुगेका भट्टराईले पत्रकार सम्मेलनमा सामाजिक विभेद, बेरुजु र भ्रष्टाचार सबैभन्दा धेरै मधेश प्रदेशमा भएको बताउँदै एमालेको मुख्य काम सुशासन र सामाजिक न्याय भएको बताए ।

‘मधेशको अहिलेको मुख्य कार्यभार सुशासन र सामाजिक न्याय हो,’ भट्टराईले भने, ‘त्यसको निम्ति मधेशको स्वाभिमानलाई सगरमाथाको शीरमा उठाउनु छ अनि मधेशको स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार आवश्यक छ ।’ आगामी चुनावमा अहिलेको एमालेको तागतलाई बढाउन चाहेको भन्दै उनले त्यही मिसनका साथ अगाडि बढ्ने समेत बताए ।


प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?