Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

बजार अनुगमनः आफूखसी मुल्य, तौल बढाउन खसीलाई संगीनि सुई ! (अनुगमनका तस्बिरसहित)


काठमाडाैँ ।चाडपर्व लाई ध्यानमा राखेर सरकारी निकायले अनुगमन कार्य तीब्र पारेका छन्। चर्को मुल्य वृद्धि मात्रै होइन मिति सकिएका सामाग्री बेच्ने गरेको पाइएको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी खडग बहादुर श्रेष्ठले प्रशासनमा आएका उजुरीउपर कारवाही तीब्र पारिएको छ । उनका अनुसार आफूखसी मुल्य निर्धारणदेखि तौल बढाउन खसीलाई संगीनि सुई लगाइएकाृृे सम्मका उजुरी प्रशासनमा पछिल्लो समय आएका छन् ।

उनले उजुरी प्रशासनमा आउने क्रममा रहेको र कानुनी दायरामा ल्याइने बताए । हामीले अनुगमन र कारबाहीलाई तीब्रता दिएका छौँ । निरन्तरको अनुगमनमा कालोबजारी गर्नेले कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गरेको पाइएको छ । पछिल्लो समय चिनीको अभाव सिर्जना गराइएको छ । हामीले पाएको सूचनाका आधारमा अनुगमन गर्दा १४ सय बोरा चिनी लुकाएको पायौँ । दसैँको समयमा खसी, बोका, च्यांग्रा र मासुजन्य पदार्थमा पनि यस्तै अभाव र कालोबजारीको अवस्था आउन सक्छ भन्नेमा हामी सजग छौँ । कालोबजारी गर्ने र उपभोक्ताको स्वास्थमा खेलवाड गर्नेलाई कडा कानुनी कारबाहीको दायरामा ल्याउन प्रशासन प्रतिबद्ध छ,” उनले भने ।


प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?