Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

बजार अनुगमनः आफूखसी मुल्य, तौल बढाउन खसीलाई संगीनि सुई ! (अनुगमनका तस्बिरसहित)


काठमाडाैँ ।चाडपर्व लाई ध्यानमा राखेर सरकारी निकायले अनुगमन कार्य तीब्र पारेका छन्। चर्को मुल्य वृद्धि मात्रै होइन मिति सकिएका सामाग्री बेच्ने गरेको पाइएको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी खडग बहादुर श्रेष्ठले प्रशासनमा आएका उजुरीउपर कारवाही तीब्र पारिएको छ । उनका अनुसार आफूखसी मुल्य निर्धारणदेखि तौल बढाउन खसीलाई संगीनि सुई लगाइएकाृृे सम्मका उजुरी प्रशासनमा पछिल्लो समय आएका छन् ।

उनले उजुरी प्रशासनमा आउने क्रममा रहेको र कानुनी दायरामा ल्याइने बताए । हामीले अनुगमन र कारबाहीलाई तीब्रता दिएका छौँ । निरन्तरको अनुगमनमा कालोबजारी गर्नेले कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गरेको पाइएको छ । पछिल्लो समय चिनीको अभाव सिर्जना गराइएको छ । हामीले पाएको सूचनाका आधारमा अनुगमन गर्दा १४ सय बोरा चिनी लुकाएको पायौँ । दसैँको समयमा खसी, बोका, च्यांग्रा र मासुजन्य पदार्थमा पनि यस्तै अभाव र कालोबजारीको अवस्था आउन सक्छ भन्नेमा हामी सजग छौँ । कालोबजारी गर्ने र उपभोक्ताको स्वास्थमा खेलवाड गर्नेलाई कडा कानुनी कारबाहीको दायरामा ल्याउन प्रशासन प्रतिबद्ध छ,” उनले भने ।


प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?