Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

रोशीमा छ खानेपानी आयोजना सम्झौता


१६ ,असोज ,काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा सञ्चालित ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत छवटा खानेपानी आयोजना सम्झौता गरिएको छ ।

गाउँपालिका र नेपाल स्वास्थ्यको लागि पानी (नेवा) नामक संस्थाबीच खानेपानी तथा सरसफाइ आयोजनासम्बन्धी द्विपक्षीय सम्झौता भएको हो ।

गाउँपालिका अध्यक्ष दिनेश लामा र नेवा संस्थाका बागमती प्रदेश प्रमुख मैत्रेयी शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरी सोमबार द्विपक्षीय सम्झौता गरिएको हो ।

खानेपानी आयोजना गाउँपालिकाको वडा नं १२ मा दुई, १० नं वडामा दुई र वडा नं १ मा दुई गरी छवटा खानेपानी आयोजना सम्झौता भएको अध्यक्ष लामाले बताए ।

ती आयोजनाबाट तीन सय ९८ घरपरिवार, तीन विद्यालय र एक स्वास्थ्य संस्थाका दुई हजार नौ सय ६२ जना लाभान्वित हुने जनाइएको छ ।

योजनाअनुसार तीनवटा वडामा दुई हजार चार सय ५३ धारा निर्माण हुनेछ । छवटा खानेपानी आयोजना सम्पन्न गर्न रु तीन करोड १० लाख २९ हजार आठ सय ६१ बजेट अनुमान गरिएको संस्थाले जनाएको छ ।


प्रकाशित मिति: १६ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?