Trending
>>   जलविद्युत परियोजनाको बीमाका सवालमा धैरै गुनासा छन्ः अध्यक्ष ओझा >>   पूर्वाधार विकास समितिका सदस्यहरूद्वारा ग्वार्को फ्लाई ओभरको स्थलगत अनुगमन >>   देशलाई सङ्कट पर्दा सबै एक ठाउँमा आएर निकास दिनु सबैको कर्तव्यः मन्त्री ठकुरी >>   नक्कली महानगरलाई सक्कली महानगर यातायातको चेतावनीः नाम र डिजाइन तत्काल हटाउनूस् >>   उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न, असार दोस्रो साता पूर्ण बैठक बस्ने >>   नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरणः मन्त्री गुरुङ >>   कर्मचारीहरूलाई असिमित अवधिसम्म कामकाजमा खटाउने कार्य बन्द हुने >>   पुल सुधार तथा मर्मत कार्यक्रमका लागि २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण… >>   बैंकमा निक्षेप बढेको बढ्यै, एकैदिन ९० अर्ब खिच्दै राष्ट्र बैंक >>   सुनचाँदी कारोबारलाई नियमन गर्ने सरकारी निकाय छैनः अध्यक्ष महर्जन
Logo
४ असार २०८२, बुधबार
४ असार २०८२, बुधबार

जनकपुर मधेश प्रदेशको आर्थिक केन्द्रका रुपमा विकसित हुँदैछः अर्थमन्त्री महत


जनकपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले मधेश प्रदेशको राजधानी जनकपुर आर्थिक रुपले पुर्नउदय हुँदै गएको बताउनु भएको छ । शनिबार जनकपुरधाम उद्योग वाणिज्य संघको ५६ औं वार्षिक साधारण सभामालाई सम्बोधन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘धार्मिक र सांस्कृतिक केन्द्रको रुपमा परिचित जनकपुर अब आर्थिक केन्द्रको रुपमा विकसित हुँदै गएको आधार देखिन थालेको छ ।’

जनकपुरमा धार्मिक पर्यटनको प्रशस्त सम्भावना रहेको औंल्याउनु हुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘धार्मिक पर्यटनमार्फत् नै यो क्षेत्रको उत्थान हुन्छ । केन्द्र, प्रदेश र स्थानीय सरकार मिलेर यो कामलाई अगाडि बढाउन प्रतिबद्ध छ ।’

मधेश प्रदेशमा विकासको ठूलो सम्भावना रहेको मन्त्री डा. महतले औंल्याउनुभयो । उहाँले भन्नुभयो, ‘यो सम्भावना पूरिपूर्ति गर्न सरकार सक्रिय रहन्छ । मधेशमा भौतिक पुर्वाधारमा सरकारले ठूलै लगानी गरेको छ । सरकारले आउँदा दिनमा अझ बढी लगानी गर्नेछ । पूर्व–पश्चिम राजमार्ग ६ लेन हुँदैन, त्यसले पनि आर्थिक गतिविधिलाई मद्दत गर्छ । हुलाकी राजमार्ग छिट्टै सम्पन्न गर्ने योजनामा सरकार छ ।’

जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्व युवा शक्तिले नेतृत्व लिएकोमा मन्त्री डा. महतले खुशी व्यक्त गर्नुभयो । ‘अहिलेको नेतृत्व केही गरौं भन्ने भावनाले ओतप्रोत हुनुहुन्छ । साथीहरुले थोरै सहज अवस्था भयो भने यहाँ उद्योग व्यवसाय फस्टाउँछ भन्नुभयो, यसले मलाई उत्साहित बनाएको छ ।’

‘हाम्रो अर्थतन्त्रमा समस्या छन्, तर समस्या विस्तारै न्यून हुने बाटोमा अग्रसर छ । परिणाम आउन केही समय लाग्छ, तर सुरुवात भएको छ । अब सकरात्मक बहसको आवश्यकता छ’ मन्त्री डा. महतले भन्नुभयो, ‘अब यहाँ केही हुन्छ भन्ने आत्मविश्वास बढाउनुपर्छ ।’

अब यहाँ केही हुँदैन, व्यवसाय गर्न सकिँदैन भन्ने भाष्यलाई सामाजिक सञ्जाल र विभिन्न व्यक्तिमार्फत् समाजमा फालिएको मन्त्री डा. महतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले खर्च अनुशासनमा ल्याएको छ, समयमा खर्च गर्ने बाटोमा हामी अगाडि बढिरहेका छौं । अब देश सकरात्मक बाटोतिर जान्छ । यो भाष्यलाई चिर्नुपर्छ ।’

कार्यक्रममा मन्त्री डा. महतले भन्नुभयो, ‘धेरै ठूलो पूँजी सहकारीमार्फत् प्रवाह भइरहेको छ । तर सहकारीको अवधारणा स्थानीयले केही पूँजी जम्मा गर्ने हो । आफ्नो आवश्यकता पूर्ति गर्ने र लगानी गर्ने पूँजी संकलन गर्ने सहकारीको अवधारणा हो ।’ अर्बौको व्यवसाय गर्नेलाई राष्ट्र बैंकले पनि नियमन गर्दैन । विस्तारै समस्या थपिँदै गएको मन्त्री डा. महतले बताउनुभयो ।


प्रकाशित मिति: १३ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?