Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा लाग्नुपर्छ : मुख्यमन्त्री पाण्डे


६ ,असोज ,तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सहिदको बलिदानबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास लाग्नुपर्ने बताएका छन् ।

सहरी विकास मन्त्रालय काठमाडौँद्वारा आज आयोजित व्यास नगरपालिका–३ सिथ्त बिपी वनबाटिकामा निर्माण गरिएको दमौली सभाहल उद्घाटन कार्यक्रममा उनले सबै दल, सबै राजनीतिक शक्ति, सबै जनता एक ठाउँमा उभिएर अहिलेसम्म प्राप्त गरेको उपलब्धिलाई संरक्षण गर्नु आजको आवश्यकता भएको औँल्याए ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक बहुसांस्कृतिक मुलुक नेपाल भएको उल्लेख गर्दै उनले केही तत्वले सामाजिक सद्भावलाई खल्बल्याउने प्रयत्न गरिरहेको बताए ।

सामाजिक सद्भाव खल्बलाएर उद्देश्य पूर्ति गर्न खोज्नु प्राप्त भएका उपलब्धिलाई समाप्त पार्ने खेल भएकाले यस्ता तत्वदेखि सदैव सचेत हुन आवश्यक रहेको उनले बताए ।

“भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र सिँचाइ क्षेत्रमा चित्त बुझ्दो किसिमले काम भइरहेको छ”, उनले भने, “आर्थिक समृद्धिको क्षेत्रमा अलि पछि रहेकाले अबको प्रत्येक क्रियाकलाप आर्थिक समृद्धितर्फ जोडिनुपर्छ ।”

गण्डकी प्रदेश सरकारले हरेक विकासे अड्डालाई उत्पादनसँग जोड्ने प्रयत्न गरिरहेको उनको भनाइ थियो । कृषकलाई उत्पादनका आधारमा अनुदानको व्यवस्था गरेका छौँ, उनले भने, “स्वदेशमा बसेर केही गर्न चाहने युवालाई कृषि, उद्योगलगायतका क्षेत्रमा अनुदानसहित सहयोग गर्न गइरहेका छौँ ।”

सङ्घ, स्थानीय र प्रदेश सरकारको संयुक्त प्रयासमा आर्थिक समृद्धि बढाउने किसिमका कार्यमा सक्रिय भएर लाग्नुपर्नेमा उनले जोड दिए ।


प्रकाशित मिति: ६ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?