Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा लाग्नुपर्छ : मुख्यमन्त्री पाण्डे


६ ,असोज ,तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सहिदको बलिदानबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास लाग्नुपर्ने बताएका छन् ।

सहरी विकास मन्त्रालय काठमाडौँद्वारा आज आयोजित व्यास नगरपालिका–३ सिथ्त बिपी वनबाटिकामा निर्माण गरिएको दमौली सभाहल उद्घाटन कार्यक्रममा उनले सबै दल, सबै राजनीतिक शक्ति, सबै जनता एक ठाउँमा उभिएर अहिलेसम्म प्राप्त गरेको उपलब्धिलाई संरक्षण गर्नु आजको आवश्यकता भएको औँल्याए ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक बहुसांस्कृतिक मुलुक नेपाल भएको उल्लेख गर्दै उनले केही तत्वले सामाजिक सद्भावलाई खल्बल्याउने प्रयत्न गरिरहेको बताए ।

सामाजिक सद्भाव खल्बलाएर उद्देश्य पूर्ति गर्न खोज्नु प्राप्त भएका उपलब्धिलाई समाप्त पार्ने खेल भएकाले यस्ता तत्वदेखि सदैव सचेत हुन आवश्यक रहेको उनले बताए ।

“भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र सिँचाइ क्षेत्रमा चित्त बुझ्दो किसिमले काम भइरहेको छ”, उनले भने, “आर्थिक समृद्धिको क्षेत्रमा अलि पछि रहेकाले अबको प्रत्येक क्रियाकलाप आर्थिक समृद्धितर्फ जोडिनुपर्छ ।”

गण्डकी प्रदेश सरकारले हरेक विकासे अड्डालाई उत्पादनसँग जोड्ने प्रयत्न गरिरहेको उनको भनाइ थियो । कृषकलाई उत्पादनका आधारमा अनुदानको व्यवस्था गरेका छौँ, उनले भने, “स्वदेशमा बसेर केही गर्न चाहने युवालाई कृषि, उद्योगलगायतका क्षेत्रमा अनुदानसहित सहयोग गर्न गइरहेका छौँ ।”

सङ्घ, स्थानीय र प्रदेश सरकारको संयुक्त प्रयासमा आर्थिक समृद्धि बढाउने किसिमका कार्यमा सक्रिय भएर लाग्नुपर्नेमा उनले जोड दिए ।


प्रकाशित मिति: ६ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?