Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

शुभप्रभात काव्यगोष्ठीमा जनजीवनका पीडा


नागार्जुन साहित्यिक प्रतिष्ठानको शुभप्रभात काव्यगोष्ठीका अवसरमा आज समसामयिक विषय र जनजीवनका दुःख पीडा कवितामा व्यक्त गरिएको छ ।

मुलुकमा गणतान्त्रिक परिवर्तन भए पनि राजनीतिक अस्थिरता र विकृति विसङ्गतिका कारण जनताले सोचे जस्तो प्रतिफल प्राप्त हुन नसकेको तर्फ स्रष्टाले सिर्जनाका माध्यमबाट चिन्ता जाहेर गरेका छन् । कार्यक्रममा समालोचक उपप्राध्यापक डा गीता त्रिपाठीले विद्यमान बजारीया र ह्रासोन्मुख परिवेशको आकर्षण बढिरहेका समयमा स्रष्टाले सत्तालाई सही बाटोमा ल्याउन रचनात्मक दबाब दिन सक्ने टिप्पणी गर्नुभयो ।

उहाँले वाचित कवितामा सीमान्तकृत समुदायका आवाजले स्थान पाएको बताउनुभयो । कार्यक्रममा दिल पौडेल, प्रकाश सिलवाल, माधव घिमिरे ‘अटल’, सुशीला शर्मालगायतले कविता वाचन गर्नुभएको थियो ।


प्रकाशित मिति: १६ पुष २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?