Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

शुभप्रभात काव्यगोष्ठीमा जनजीवनका पीडा


नागार्जुन साहित्यिक प्रतिष्ठानको शुभप्रभात काव्यगोष्ठीका अवसरमा आज समसामयिक विषय र जनजीवनका दुःख पीडा कवितामा व्यक्त गरिएको छ ।

मुलुकमा गणतान्त्रिक परिवर्तन भए पनि राजनीतिक अस्थिरता र विकृति विसङ्गतिका कारण जनताले सोचे जस्तो प्रतिफल प्राप्त हुन नसकेको तर्फ स्रष्टाले सिर्जनाका माध्यमबाट चिन्ता जाहेर गरेका छन् । कार्यक्रममा समालोचक उपप्राध्यापक डा गीता त्रिपाठीले विद्यमान बजारीया र ह्रासोन्मुख परिवेशको आकर्षण बढिरहेका समयमा स्रष्टाले सत्तालाई सही बाटोमा ल्याउन रचनात्मक दबाब दिन सक्ने टिप्पणी गर्नुभयो ।

उहाँले वाचित कवितामा सीमान्तकृत समुदायका आवाजले स्थान पाएको बताउनुभयो । कार्यक्रममा दिल पौडेल, प्रकाश सिलवाल, माधव घिमिरे ‘अटल’, सुशीला शर्मालगायतले कविता वाचन गर्नुभएको थियो ।


प्रकाशित मिति: १६ पुष २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?