Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

पर्यटन प्रवद्र्धन गर्न हरित पार्क निर्माण


बरेङ गाउँपालिकाले पर्यटक आकर्षित गर्न हरित पार्क निर्माण गरेको छ । गाउँपालिकाले वडा नम्बर ५ सुखौरामा पार्क निर्माण गरेको हो । पर्यटकीयस्थल भैँसेखोला तथा छहरेखोला झरना र देउरालीको केन्द्रमा पर्ने गरी पार्क निर्माण गरिएको छ । पार्कले सल्यान र सुखौरासँगै अन्य पर्यटकीय गन्तव्यलाई जोड्ने छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश र गाउँपालिकाले विनियोजन गरेको रु आठ लाखले पार्क निर्माण गरेको बरेङ गाउँपालिका–५ सुखौराका अध्यक्ष अम्मरबहादुर सेर्बजाले जानकारी दिनुभयो । एक हजार सात सय मिटरको उचाईमा रहेको यो पार्क पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको हुँदा पालिकाले यसलाई प्राथमिकतामा राखेर काम गरेको उहाँ बताउनुहुन्छ ।

अध्यक्ष सेर्बुजा भन्नुहुन्छ, “गाउँको केन्द्रमा छ, स्थानीयलाई त्यसै बस्नु भन्दा यहाँ गएर एकछिन आनन्द लिन सकिन्छ, पछिल्लो समय बालबालिका मोबाइलमै झुण्डी रहन्छन्, उनीहरुलाई बाहिरी वातावरणमा भुलाउनका लागि र आन्तरिक पर्यटकलाई तान्न यो पार्कको निर्माण गरेका हौँ, अझै काम बाँकी छ, आगामी बजेटमा समेटेर सम्पन्न गर्छौं ।” यहाँ प्रतिक्षालय, घेराबार र खानेपानीको व्यवस्थापन गरिसकेको भन्दै अब शौचालय निर्माणसँगै बोट बिरुवा लगाउने कार्य बाँकी रहेको अध्यक्ष सेर्बुजाको भनाइ छ । गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले यो ठाउँ पालिकाको महत्वपूर्ण क्षेत्र रहेको र पर्यटकीय सम्भावना बोकेको हुँदा पर्यटन पूर्वाधारस्वरुप हरित पार्कको सुरुआत गरेको बताउनुभयो । अध्यक्ष शर्मा भन्नुहुन्छ, “गाउँपालिकाले पर्यटकीय गन्तव्यको पहिचान गरी प्रचारप्रसार र पूर्वाधार निर्माणमा जोड दिएका छौँ, सोहीअनुसार सुखौरामा पनि पार्कको परिकल्पना गरी निर्माण थालेका हौँ, यो ठाउँ ग्रामीण क्षेत्र हो, गाउँ भए पनि यहाँको कला संस्कृति र परम्परालाई पर्यटकसँग जोड्न खोजिरहेका छौँ ।” उहाँले यहाँ पार्कसँगै अन्य पर्यटन पूर्वाधार निर्माण गरेर धेरैभन्दा धेरै आन्तरिक पर्यटक भित्र्याउने र स्थानीयको जीवनस्तर उकास्ने बताउनुभयो ।

अध्यक्ष शर्माले सुखौरा र सल्यान गाउँमा आलु, सिमीलगायत स्थानीय अर्गानिक वस्तु उत्पादन हुने भन्दै बाहिरबाट आउने पर्यटकलाई एक दिन गाउँमै बस्ने वातावरण तयार गर्ने र उत्पादित वस्तुलाई कोसेलीका रुपमा प्रवद्र्धन गर्ने बताउनुभयो । गाउँपालिकाले पार्कसँगै वडा नम्बर–३ स्थित बाटाकाचौरको सत्यवती मन्दिर, भैँसेखोला र छहरेखोला झरनाको प्रवद्र्धन गरिरहेको अध्यक्ष शर्माको भनाइ छ ।


प्रकाशित मिति: ११ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?