Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

चक्रवात डिट्वाको कारण भारतीय राज्यहरू उच्च शतर्कतामा


एजेन्सी। सर्कवाती आँधी डिट्वाले भारी वर्षा ल्याएकोले अधिकारीहरूले भारतको तमिलनाडु, आन्ध्र प्रदेश र पुडुचेरीका तटीय क्षेत्रहरूमा रेड अलर्ट जारी गरेका छन् ।

चक्रवात डिट्वाले यी भारतीय राज्यहरूमा तटीय क्षेत्रहरूतर्फ निरन्तर अगाडि बढ्दै जाँदा अधिकारीहरूले ठूलो मात्रामा राहत कार्यहरूदेखि उडान रद्ध गर्ने र स्कूल र कलेजहरूको लागि जिल्लाव्यापी बिदा सूचनाहरूसम्म धेरै मोर्चाहरूमा तयारी बढाएका छन् । गत शुक्रवार छिमेकी श्रीलंकामा चक्रवातले ठूलो विनाश निम्त्याएको थियो । जसमा १५३ जनाको मृत्यु भएको, अन्य १९१ जना बेपत्ता भएको बताइएको छ । देशभर आधा लाखभन्दा बढी प्रभावित भएको बताएका छन् । देशले आपतकालीन अवस्था घोषणा गरेको छ र अन्तर्राष्ट्रिय सहयोगको लागि अपील गरेको छ । भारतको चेन्नई र यसका छिमेकी क्षेत्रहरू र पुडुचेरीमा शनिवार साँझ भारी वर्षा भएको थियो ।

रिपोर्टअनुसार चक्रवातको आगमन र मौसम विभागको अत्यधिक भारी वर्षा र तेज हावाको पूर्वानुमानलाई ध्यानमा राख्दै चेन्नई विमानस्थलका अधिकारीहरूले ५४ वटा निर्धारित उडानहरू रद्ध गरेका छन् । मदुरै, तिरुचिरापल्ली, थुथुकुडी, सलेम, बेंगलुरु, हैदराबाद र जाफना जस्ता गन्तव्यहरूमा उडानहरू प्रभावित भएका छन् । अधिकारीहरूले माझीहरूलाई समुन्द्रमा नजान आग्रह गरेका छन् । तमिलनाडु, आन्ध्र प्रदेश र पुडुचेरीमा विपद् व्यवस्थापन टोलीहरू शतर्क रहनुपर्नेछ ।

विपद् प्रतिक्रिया कर्मचारीहरू पनि तैनाथ गरिएको छ र केहीलाई कुनैपनि परिस्थितिको सामना गर्न तयारी अवस्थामा राखिएको छ ।


प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?