Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

चक्रवात डिट्वाको कारण भारतीय राज्यहरू उच्च शतर्कतामा


एजेन्सी। सर्कवाती आँधी डिट्वाले भारी वर्षा ल्याएकोले अधिकारीहरूले भारतको तमिलनाडु, आन्ध्र प्रदेश र पुडुचेरीका तटीय क्षेत्रहरूमा रेड अलर्ट जारी गरेका छन् ।

चक्रवात डिट्वाले यी भारतीय राज्यहरूमा तटीय क्षेत्रहरूतर्फ निरन्तर अगाडि बढ्दै जाँदा अधिकारीहरूले ठूलो मात्रामा राहत कार्यहरूदेखि उडान रद्ध गर्ने र स्कूल र कलेजहरूको लागि जिल्लाव्यापी बिदा सूचनाहरूसम्म धेरै मोर्चाहरूमा तयारी बढाएका छन् । गत शुक्रवार छिमेकी श्रीलंकामा चक्रवातले ठूलो विनाश निम्त्याएको थियो । जसमा १५३ जनाको मृत्यु भएको, अन्य १९१ जना बेपत्ता भएको बताइएको छ । देशभर आधा लाखभन्दा बढी प्रभावित भएको बताएका छन् । देशले आपतकालीन अवस्था घोषणा गरेको छ र अन्तर्राष्ट्रिय सहयोगको लागि अपील गरेको छ । भारतको चेन्नई र यसका छिमेकी क्षेत्रहरू र पुडुचेरीमा शनिवार साँझ भारी वर्षा भएको थियो ।

रिपोर्टअनुसार चक्रवातको आगमन र मौसम विभागको अत्यधिक भारी वर्षा र तेज हावाको पूर्वानुमानलाई ध्यानमा राख्दै चेन्नई विमानस्थलका अधिकारीहरूले ५४ वटा निर्धारित उडानहरू रद्ध गरेका छन् । मदुरै, तिरुचिरापल्ली, थुथुकुडी, सलेम, बेंगलुरु, हैदराबाद र जाफना जस्ता गन्तव्यहरूमा उडानहरू प्रभावित भएका छन् । अधिकारीहरूले माझीहरूलाई समुन्द्रमा नजान आग्रह गरेका छन् । तमिलनाडु, आन्ध्र प्रदेश र पुडुचेरीमा विपद् व्यवस्थापन टोलीहरू शतर्क रहनुपर्नेछ ।

विपद् प्रतिक्रिया कर्मचारीहरू पनि तैनाथ गरिएको छ र केहीलाई कुनैपनि परिस्थितिको सामना गर्न तयारी अवस्थामा राखिएको छ ।


प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?