Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

राष्ट्रपति पौडेलसँग लोसपाका नेता महतोको भेटवार्ता


३१ ,भाद्र ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज अपराह्न भएको भेटमा मुलुकको समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

राष्ट्रपतिसँगको भेटका बारेमा जानकारी दिँदै वरिष्ठ नेता महतोले राष्ट्रपति पौडेलसँग राष्ट्रपति भएपछि आफ्नो पहिलो भेट भएको र समसामयिक विषयमा छलफल भएको बताए ।

भेटका अवसरमा आफूले राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरणलगायत कामकारबाहीका सम्बन्धमा धन्यवाद व्यक्त गरेको नेता महतोले बताए ।

राष्ट्रपति पौडेलले छिट्टै जनकपुर भ्रमण गर्नुहुने कार्यक्रम रहेको र त्यसबारे पनि कुराकानी भएको उनले जानकारी दिए ।


प्रकाशित मिति: ३१ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?