Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

सभामुख घिमिरे आयरल्याण्ड प्रस्थान


३१ ,भाद्र ,काठमाडौँ । आयरल्याण्डको साताव्यापी औपचारिक भ्रमणका लागि सभामुख देवराज घिमिरे डब्लिनतर्फ प्रस्थान गरेका छन् ।

आयरल्याण्डको संसद ओरेचटासको तल्लो सदन डैल आयरेनका सभामुख सीन ओ फियरघेलको निमन्त्रणामा तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे आइतबार साँझ आयरल्याण्ड उडेका हुन् ।

प्रतिनिधिमण्डलमा सभामुख घिमिरे, प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेय र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई छन् ।

आयरल्याण्डका लागि नेपालीको गैरआवासीय राजदूतावास लण्डनका द्वितीय सचिव रामबाबु नेपाल डब्लिनमा प्रतिनिधिमण्डलसँग सामेल हुनेछन् ।

भ्रमणका क्रममा सभामुख घिमिरेले सभामुख सीन ओ फियरघेल र माथिल्लो सदन सीनाड आयरेनका अध्यक्ष जेरी बटिमरसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

साथै आयरल्याण्ड सरकारका विभिन्न पदाधिकारीहरू तथा आयरल्याण्डमा बसोबास गर्ने नेपाली डायस्पोरासँग पनि भेटघाट गर्नेछन् । औपचारिक भ्रमण सम्पन्न गरी सभामुख घिमिरे ७ असोजमा स्वदेश फर्किनेछन् ।


प्रकाशित मिति: ३१ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?