Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

चिकित्सक कुटपिटको घटनालाई गम्भीररूपमा लिएको छु : प्रदेश स्वास्थ्यमन्त्री जोशी


३० ,भाद्र ,मकवानपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले चिकित्सकमाथि भएको अमानवीय घटनालाई आफूले गम्भीररूपमा लिएको बतायिका छन् ।

उनले ती अभियुक्तलाई कडा कानुनी कारबाही गर्न स्थानीय प्रहरी प्रशासनलाई आफूले समन्वय गरिरहेको बताए ।

आज प्रदेशसभा परिसरमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले घेराउ गरी उनिसँग प्रत्यक्ष भेटवार्ता गर्ने क्रममा आफ्ना समस्या प्रस्तुत गर्दै अभियुक्तहरूलाई कानुनी दायरामा ल्याउन माग गरे ।

त्यस अवसरमा मन्त्री जोशीले चिकित्सक एवं स्वास्थ्यकर्मीले सर्वसाधारण नागरिकको स्वास्थ्यलाई गम्भीररूपमा लिएर उपचार सेवातर्फ साविकजस्तै जिम्मेवारी बहन गर्नुपर्ने सुझाव दिँदै सर्वसाधारण नागरिकले पनि चिकित्सकलाई सम्मानजनकरूपले हेरेको हुँदा बिरामीलाई प्रतिकूल असर नपर्ने गरी आफ्नो मागप्रति लचिलो बन्न आग्रह गरे ।

उनले चिकित्सकमाथि कुटपिट गर्ने परिवार एवं जुनसुकै राजनीतिक दलको नेता तथा कार्यकर्ता भए पनि कानुनी दायरामा ल्याएरै छाड्ने दृढता व्यक्त गरे ।

आज हेटौँडा अस्पताललगायत विभिन्न चिकित्सक र स्वास्थ्यकर्मीको समूहले करिब अढाइ घण्टा जति बागमती प्रदेशसभाको मूल ढोकामा घेराउ गरेको थियो ।


प्रकाशित मिति: ३० भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?