Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रदूषित


२९ ,भाद्र ,काठमाडौँ । भाद्र कृष्ण औँसीका अवसरमा बिहीबार गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा जम्मा भएका लाखौँ भक्तजनका कारण त्यस क्षेत्रमा जम्मा भएको फोहर अझै सफाइ हुन सकेको छैन ।

पर्वका अवसरमा भक्तजन आउनुका साथै त्यस क्षेत्रमा लागेको मेलाका कारण गोकर्णेश्वर मन्दिर क्षेत्रमा प्लाष्टिक झोलालगायत फोहर थुप्रिएको छ ।

फोहर शुक्रबार बेलुकीसम्म पनि नउठ्दा प्रदूषण फैलन थालेको स्थानीयवासी सुवास श्रेष्ठले गुनासो गरे ।

मन्दिर क्षेत्रको रेखदेखलगायत व्यवस्थापन गर्दै आएको गोकर्णेश्वर मन्दिर क्षेत्रले सफाइमा ध्यान नदिएको स्थानीयवासी एवं भक्तजनको गुनासो छ ।

समितिको अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महत शुक्रबार बिहानैदेखि फोहर व्यवस्थापनमा लागिए पनि सबै काम भने नसकिएको बताउछन् ।

शनिबारसम्ममा धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको गोकर्णेश्वर मन्दिर क्षेत्रलाई स्वच्छ एवं सुव्यवस्थित बनाइने समितिले जनाएको छ ।

बाबुको मुख हेर्ने दिन पिताको मृत्यु भइसकेका भक्तजन गोकर्णेश्वर उत्तरगया क्षेत्रमा आएर दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गर्ने सनातनदेखिको परम्परा छ । यसो गरेमा २१ कुलका पितृ तर्ने धार्मिक विश्वास रहेको छ ।


प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?