Trending
>>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रदूषित


२९ ,भाद्र ,काठमाडौँ । भाद्र कृष्ण औँसीका अवसरमा बिहीबार गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा जम्मा भएका लाखौँ भक्तजनका कारण त्यस क्षेत्रमा जम्मा भएको फोहर अझै सफाइ हुन सकेको छैन ।

पर्वका अवसरमा भक्तजन आउनुका साथै त्यस क्षेत्रमा लागेको मेलाका कारण गोकर्णेश्वर मन्दिर क्षेत्रमा प्लाष्टिक झोलालगायत फोहर थुप्रिएको छ ।

फोहर शुक्रबार बेलुकीसम्म पनि नउठ्दा प्रदूषण फैलन थालेको स्थानीयवासी सुवास श्रेष्ठले गुनासो गरे ।

मन्दिर क्षेत्रको रेखदेखलगायत व्यवस्थापन गर्दै आएको गोकर्णेश्वर मन्दिर क्षेत्रले सफाइमा ध्यान नदिएको स्थानीयवासी एवं भक्तजनको गुनासो छ ।

समितिको अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महत शुक्रबार बिहानैदेखि फोहर व्यवस्थापनमा लागिए पनि सबै काम भने नसकिएको बताउछन् ।

शनिबारसम्ममा धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको गोकर्णेश्वर मन्दिर क्षेत्रलाई स्वच्छ एवं सुव्यवस्थित बनाइने समितिले जनाएको छ ।

बाबुको मुख हेर्ने दिन पिताको मृत्यु भइसकेका भक्तजन गोकर्णेश्वर उत्तरगया क्षेत्रमा आएर दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गर्ने सनातनदेखिको परम्परा छ । यसो गरेमा २१ कुलका पितृ तर्ने धार्मिक विश्वास रहेको छ ।


प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?