Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

बिहारको मुजफ्फरपुरमा डुङ्गा पल्टिँदा १० जना बेपत्ता


२८ ,भाद्र ,मुजफ्फरपुर, बिहार । भारतको बिहार राज्यको मुजफ्फरपुरस्थित वाग्मती नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १० जना बेपत्ता भएका छन् ।

अधिकारीका अनुसार अहिलेसम्म १५ देखि २० जनाको उद्धार गरिएको छ । मुजफ्फरपुरका विपद व्यवस्थापन अधिकृत अजय कुमारले पत्रकारहरूसँग घटनाबारे भने, “अहिलेसम्म १० जना बेपत्ता छन्, १५–२० जनाको उद्धार गरिएको छ । थप व्यक्तिको खोजी कार्य जारी छ ।”

उनले भने,“घटना आज बिहान १०ः३० देखि ११ः०० बजेको बीचमा भएको हो । राष्ट्रिय विपद् प्रतिकार्य बल र राज्य विपद् प्रतिकार्य बल को टोली घटनास्थलमा पुगी उद्धारका सम्भावित सबै पहलहरू गरेको थियो । अझै पनि वेपत्ताहरूको खोजी कार्य जारी छ ।”

बिहारका मुख्यमन्त्री नितिश कुमारले बाढी प्रभावित परिवारलाई सहयोग गरिने बताएका छन् ।

उनले पत्रकारहरूसँग भने, “मुजफ्फरपुरका जिल्ला प्रशासकहरूले घटनाको अनुसन्धान गरिरहेका छन् । यस दुर्घटनामा परी घाइते भएकाहरूको परिवारलाई सरकारले सहयोग उपलब्ध गराउनेछ ।”


प्रकाशित मिति: २८ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?