Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

बिहारको मुजफ्फरपुरमा डुङ्गा पल्टिँदा १० जना बेपत्ता


२८ ,भाद्र ,मुजफ्फरपुर, बिहार । भारतको बिहार राज्यको मुजफ्फरपुरस्थित वाग्मती नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १० जना बेपत्ता भएका छन् ।

अधिकारीका अनुसार अहिलेसम्म १५ देखि २० जनाको उद्धार गरिएको छ । मुजफ्फरपुरका विपद व्यवस्थापन अधिकृत अजय कुमारले पत्रकारहरूसँग घटनाबारे भने, “अहिलेसम्म १० जना बेपत्ता छन्, १५–२० जनाको उद्धार गरिएको छ । थप व्यक्तिको खोजी कार्य जारी छ ।”

उनले भने,“घटना आज बिहान १०ः३० देखि ११ः०० बजेको बीचमा भएको हो । राष्ट्रिय विपद् प्रतिकार्य बल र राज्य विपद् प्रतिकार्य बल को टोली घटनास्थलमा पुगी उद्धारका सम्भावित सबै पहलहरू गरेको थियो । अझै पनि वेपत्ताहरूको खोजी कार्य जारी छ ।”

बिहारका मुख्यमन्त्री नितिश कुमारले बाढी प्रभावित परिवारलाई सहयोग गरिने बताएका छन् ।

उनले पत्रकारहरूसँग भने, “मुजफ्फरपुरका जिल्ला प्रशासकहरूले घटनाको अनुसन्धान गरिरहेका छन् । यस दुर्घटनामा परी घाइते भएकाहरूको परिवारलाई सरकारले सहयोग उपलब्ध गराउनेछ ।”


प्रकाशित मिति: २८ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?