Trending
>>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

पूर्वमन्त्री पराजुलीलाई सचिवमा मनोनित


२८ ,भाद्र ,काठमाडौँ । एकीकृत समाजवादीले पूर्वमन्त्री हरि पराजुलीलाई सचिवमा मनोनित गरेको छ ।

हालै सम्पन्न पार्टीको केन्द्रीय सचिवालयको बैठकले पराजुलीलाई सचिवमा मनोनित गरेको पार्टीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए ।

उनका अनुसार पराजुली वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान हुँदै नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए ।

बैठकले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । यही भदौ ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयानुसार उनिहरूलाई केन्द्रीय सदस्य मनोनित गरिएको हमालको भनाइ थियो ।

केन्द्रीय सदस्यमा अजबहादुर मल्ल, ओमचरण अमात्य, गौतम राई, सुदेश पराजुली, गोविन्द चेपाङ, चन्द्रा श्रेष्ठ, चिरञ्जीवी भट्टराई, जयप्रकाश यादव, दीपक केसी, धनबहादुर कार्की, धर्म शाही, नन्द बञ्जाडे, बरुनाथ योगी, बैकुण्ठ भुसाल, भक्तिमान सुब्बा, मीना लामा, रामप्रसाद ढुङ्गाना, लङ्क हमाल, शालिकराम भट्टराई, शिवकुमारी खनाल र शैलेन्द्र उपाध्याय मनोनित भएका छन् ।


प्रकाशित मिति: २८ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?