Trending
>>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

नेकपा समाजवादीद्वारा कार्यविभाजनमा हेरफेर


२८ ,भाद्र ,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले आफ्ना पार्टीका नेताहरूको कार्यविभाजनमा हेरफेर गरेको छ ।

केन्द्रीय सचिवालयको ६६औँ बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको पार्टीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए ।

उनका अनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालले हालै जारी गर्नुभएको अन्तरपार्टी निर्देशन (अपानि)मा गरिएको पछिल्लो कार्यविभाजनअनुसार अध्यक्ष नेपालले समग्र पार्टी कामको नेतृत्व गर्नेछन् ।

महासचिव घनश्याम भुसालले समग्र साङ्गठनिक कामका साथै मोर्चा सङ्गठनका कामको विशेष अनुगमन गर्नेछन् ।

त्यस्तै, नेता झलनाथ खनाल विदेश विभाग प्रमुखका रुपमा रहनेछन् भने उपप्रमुखमा उपाध्यक्ष प्रमेश हमालले जिम्मेवारी पाएको पार्टी कार्यालयले जनाएको छ ।

पार्टीको प्रतिष्ठानहरूअन्तर्गत इन्चार्जको जिम्मेवारी प्रदीप नेपालले पाएको उपाध्यक्ष हमालले बताए ।


प्रकाशित मिति: २८ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?