Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

नेकपा समाजवादीद्वारा कार्यविभाजनमा हेरफेर


२८ ,भाद्र ,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले आफ्ना पार्टीका नेताहरूको कार्यविभाजनमा हेरफेर गरेको छ ।

केन्द्रीय सचिवालयको ६६औँ बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको पार्टीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए ।

उनका अनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालले हालै जारी गर्नुभएको अन्तरपार्टी निर्देशन (अपानि)मा गरिएको पछिल्लो कार्यविभाजनअनुसार अध्यक्ष नेपालले समग्र पार्टी कामको नेतृत्व गर्नेछन् ।

महासचिव घनश्याम भुसालले समग्र साङ्गठनिक कामका साथै मोर्चा सङ्गठनका कामको विशेष अनुगमन गर्नेछन् ।

त्यस्तै, नेता झलनाथ खनाल विदेश विभाग प्रमुखका रुपमा रहनेछन् भने उपप्रमुखमा उपाध्यक्ष प्रमेश हमालले जिम्मेवारी पाएको पार्टी कार्यालयले जनाएको छ ।

पार्टीको प्रतिष्ठानहरूअन्तर्गत इन्चार्जको जिम्मेवारी प्रदीप नेपालले पाएको उपाध्यक्ष हमालले बताए ।


प्रकाशित मिति: २८ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?