Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

हल्दिबारीमा खानेपानी निःशुल्क वितरण


२८ ,भाद्र ,बनियानी (झापा) । झापाको हल्दिबारी गाउँपालिकाले स्थानीयवासीलाई खानेपानी निःशुल्क वितरण गर्न थालेको छ ।

गाउँपालिकावासीमा शुद्ध खानेपानीको पहुँच पु¥याउने उद्देश्यले खानेपानी निःशुल्क वितरण गर्न थालिएको हो ।

शुद्ध खानेपानीको अभाव हुँदा विभिन्न रोगको सङ्क्रमण हुने गरेकाले खानेपानीलाई प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले बताए ।

“१० युनिट (१० हजार लिटर) सम्म पानी निःशुल्क उपलब्ध गराएका छौँ”, उनले भने ।

यसअघि उपभोक्ताले मासिक १० युनिटसम्म खानेपानी खपत गर्दा रु एक सय २० तिर्दै आएका थिए । सोभन्दा बढी खपत भएमा खपतका आधारमा उपभोक्ताले महसुल तिर्नुपर्नेछ ।

गाउँपालिकाले विपन्न स्थानीयवासीलाई धाराको मिटर निःशुल्क वितरण गरेको छ ।

गाउँपालिकाले सात सय ५६ मिटर खरिद गरेर विपन्न परिवारलाई निःशुल्क वितरण गरेको गाउँँपालिकाका खानेपानी प्राविधिक पारस अधिकारीले जानकारी दिए ।

हल्दिबारीमा हाल तीन खानेपानी आयोजना छन् । तीमध्ये गोलधाप खानेपानी आयोजना र जलथल खानेपानी आयोजना सञ्चालनमा छ भने हल्दिबारी खानेपानी आयोजनाअन्तर्गत पाइपलाइन विस्तारको काम भइरहेको छ ।

प्रदेश सरकारको लगानीमा हल्दिबारी–२ मा पाइपलाइन विस्तारको काम भइरहेको प्रविधिक अधिकारीले बताउनुभयो । हाल गोलधाप खानेपानी आयोजनाअन्तर्गत सात सय ५६ उपभोक्ताले निःशुल्क खानेपानी उपभोग गर्दै आएका छन् ।

जलथल खानेपानी आयोजनाअन्तर्गत एक हजार छ सय उपभोक्ता लाभान्वित भएका छन् । खानेपानी निःशुल्क वितरणका लागि खानेपानी आयोजनाका कर्मचारीको तलब र विद्युत् महसुल गाउँपालिकाले उपलब्ध गराउने गरेको छ ।

गाउँपालिकाले जलथल खानेपानी आयोजनाका चार कर्मचारीको तलब मासिक रु १५ हजारका दरले तथा विद्युत् महसुल सरदर मासिक रु ५५ हजार र गोलधाप खानेपानी आयोजनाको तीन कर्मचारीको मासिक रु १५ हजारका दरले उपलब्ध गराउँदै आएको छ ।

कर्मचारीको तलब र विद्युत् महसुल तिरिदिएबापत ती खानेपानी आयोजनाले उपभोक्तालाई मासिक १० युनिटसम्म खानेपानी निःशुल्क उपलब्ध गराउँदै आएका छन् ।


प्रकाशित मिति: २८ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?