Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

संस्कृतिका संरक्षणमा विशेष ध्यान दिनुपर्छ : अध्यक्ष नेपाल


नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा रहेका विभिन्न समुदायका मौलिक चाडपर्व र संस्कृतिका संरक्षणमा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ ।

ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता रहेको नेपाली समाजमा विभिन्न जातजातिका समुदायले परम्परागतरूपमा मनाउँदै आएको पर्व संस्कृतिले देशलाई सांस्कृतिकरूपमा सम्पन्न बनाएको बताउनुभयो । उहाँले विविध जात, भाषा र संस्कृतिले नेपाली समाजलाई एकापसमा एकताबद्ध गर्नका साथै मानव सभ्यतासँग जोडिएका यस्ता पर्वको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका माध्यमबाट सामाजिक न्याय, समानता कायम भई हिमाल, पहाड र तराईका जनताको एकतालाई बलियो बनाउने र सबैको साझा प्रयासबाट हुने विकास र समृद्धिले राष्ट्र निर्माणमा योगदान पुग्ने भनिएको छ । चाडपर्वले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गरी एकआपसमा पारस्पारिक सम्मान, सहिष्णुता, सद्भाव र एकतालाई अझ बलियो हुनेगरी स्थापित गर्ने सन्देशमा उल्लेख गरिएको छ ।


प्रकाशित मिति: ९ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?