Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

‘अवसरसँगै चुनौती थियो’ : अभिनेता कार्की


२६ ,भाद्र ,काठमाडौँ । नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेतामध्येका एक विपीन कार्की हुन् ।

‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’ लगायत चलचित्रमा निर्वाह गरेको चरित्रले पहिचान स्थापित भए पनि अभिनेता कार्कीलाई ‘जात्रा’ पश्चात् दर्शकले चिनेका हुन् ।

दर्शकमाझ परिचित भए पनि अभिनेता कार्की आफ्ना पात्रलाई नयाँ जीवन दिन सङ्घर्षशील छन् । दर्शकले आफ्ना भूमिकामा आफूलाई महसुस नगरुन् भन्ने उनको प्रयास हुन्छ ।

यसकै निरन्तरता हो ,‘एक भगवत् र एक गीता (सामाजिक प्रेमकथा)’ । उहाँले चलचित्रमा निर्वाह गर्नुभएको ‘कमलामाई’ को भूमिकामार्फत यौनिक लैङ्गिक अल्पसङ्ख्यक समुदायको जीवनलाई प्रस्तुत गरेका छन् ।

“एउटा कलाकारले यस किसिमको भूमिकामार्फत आफूले फरक जीवन बाँच्नुका साथै दर्शकलाई पनि त्यो महसुस गराउन सक्छ । अभिनयमा विविधता खोजिरहँदा यस्ता भूमिका अवसर र चुनौती दुवै हुन्”, अभिनेता कार्कीले भने, “मैले आफ्नो पात्रमार्फत उक्त समुदायको दबिएका कथालाई पर्दामार्फत व्यक्त गर्ने अवसर पाएको छु ।”

उनलाई कथाले आकर्षित गरेता पनि निर्माण समूहसँग विश्वस्त हुन समय लाग्यो । किनकि निर्देशक झरना थापाले अभिनय र निर्देशन गरेका अधिकांश चलचित्र परम्परागत थिए ।

यद्यपि यो विषयवस्तुलाई महिला निर्देशकले अन्यको तुलनामा न्याय गर्न सक्ने विश्वास अभिनेता कार्कीलाई थियो । “मैले पटकथा सुनेपछि प्रस्तुतीकरणका विषयमा छलफल गरेँ । म विश्वस्त भएपछि काम सुरु गरेँ । किनकि उहाँहरू परिवर्तन हुन् खोज्नु भएको छ भने हामीले सहकार्य गर्नै पर्छ”, अभिनेता कार्कीले भने ।

छायाङ्कनका क्रममा उनले नयाँ अनुभव सङ्गाले । शृङ्गारमा लाग्ने समय, लिङ्ग परिवर्तन हुँदा ल्याउनु पर्ने हाउभाउ लगायतले उहाँलाई छायाङ्कन अवधिभर ‘विपीन’ भन्दा पर राख्यो ।

छायाङ्कन सकिएको दुई दिन जनकपुरमै बसेर बल्ल उनि काठमाडौँ फर्किए । किनकी उनि पात्रलाई अन्यसँग परिचित गराउन चाहदैनथे ।

निर्देशक थापाले लगातार निर्माण गरिरहेको चलचित्रमा फरक रहेको बताए । उनले भने, “प्रेम कथानकभन्दा बाहिर आएर समाजमा रहेको समस्यालाई उठाउने कोसिस गरेका छौँ ।”

चलचित्रमा अभिनेता कार्कीसँगै धीरज मगर, सुहाना थापा, कविर खड्का, जेविश र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झालगायतका कलाकारले अभिनय गरेका छन् ।

सुनिलकुमार थापाले निर्माण गरेको चलचित्रमा निर्देशक थापासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुङ्गेलले पटकथा, राजेश श्रेष्ठले छायाङ्कन, मित्र डी गुरुङले सम्पादन, हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।


प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?