Trending
>>   रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन केही समय लाग्छः मन्त्री खड्का >>   अनौपचारिक क्षेत्र औपचारिकीकरण भएपछि प्रतिष्पर्धा बढ्छः अध्यक्ष ढकाल >>   वर्ष दिनमा ननुहाउने हिमालवासीहरु अहिले दिनको एक पटक नुहाउँछौँ, यो उपलब्धि होइन ? : सांसद… >>   साहित्यिक पत्रारितालाई परिमार्जन गर्दै लैजानुपर्छः कुलपति राई >>   काठमाडौं महानगरपालिकाले कवाड व्यवसायमाथि गैरकानूनी धरपकड गरेको भन्दै सांसद यादवको आपत्ति >>   सुशासन कायम गर्न नसक्दा जनतामा निराशा र वितृष्णा बढ्योः एमाले सांसद गिरी >>   चरम अतिवादको शैली अवलम्वन नगर्न रास्वपालाई काँग्रेस सांसद बजगाईंको चेतावनी >>   सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो नमूना प्रदर्शन गर्‍योः एकीकृत समाजवादी >>   देशलाई ऋणको भार थेग्न गाह्रो भइसक्योः सांसद शर्मा >>   कृषिलाई व्यवसायीकरण, व्यापारीकरण गर्न जरुरीः सांसद ढुंगाना
Logo
३१ असार २०८२, मंगलवार
३१ असार २०८२, मंगलवार

‘अवसरसँगै चुनौती थियो’ : अभिनेता कार्की


२६ ,भाद्र ,काठमाडौँ । नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेतामध्येका एक विपीन कार्की हुन् ।

‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’ लगायत चलचित्रमा निर्वाह गरेको चरित्रले पहिचान स्थापित भए पनि अभिनेता कार्कीलाई ‘जात्रा’ पश्चात् दर्शकले चिनेका हुन् ।

दर्शकमाझ परिचित भए पनि अभिनेता कार्की आफ्ना पात्रलाई नयाँ जीवन दिन सङ्घर्षशील छन् । दर्शकले आफ्ना भूमिकामा आफूलाई महसुस नगरुन् भन्ने उनको प्रयास हुन्छ ।

यसकै निरन्तरता हो ,‘एक भगवत् र एक गीता (सामाजिक प्रेमकथा)’ । उहाँले चलचित्रमा निर्वाह गर्नुभएको ‘कमलामाई’ को भूमिकामार्फत यौनिक लैङ्गिक अल्पसङ्ख्यक समुदायको जीवनलाई प्रस्तुत गरेका छन् ।

“एउटा कलाकारले यस किसिमको भूमिकामार्फत आफूले फरक जीवन बाँच्नुका साथै दर्शकलाई पनि त्यो महसुस गराउन सक्छ । अभिनयमा विविधता खोजिरहँदा यस्ता भूमिका अवसर र चुनौती दुवै हुन्”, अभिनेता कार्कीले भने, “मैले आफ्नो पात्रमार्फत उक्त समुदायको दबिएका कथालाई पर्दामार्फत व्यक्त गर्ने अवसर पाएको छु ।”

उनलाई कथाले आकर्षित गरेता पनि निर्माण समूहसँग विश्वस्त हुन समय लाग्यो । किनकि निर्देशक झरना थापाले अभिनय र निर्देशन गरेका अधिकांश चलचित्र परम्परागत थिए ।

यद्यपि यो विषयवस्तुलाई महिला निर्देशकले अन्यको तुलनामा न्याय गर्न सक्ने विश्वास अभिनेता कार्कीलाई थियो । “मैले पटकथा सुनेपछि प्रस्तुतीकरणका विषयमा छलफल गरेँ । म विश्वस्त भएपछि काम सुरु गरेँ । किनकि उहाँहरू परिवर्तन हुन् खोज्नु भएको छ भने हामीले सहकार्य गर्नै पर्छ”, अभिनेता कार्कीले भने ।

छायाङ्कनका क्रममा उनले नयाँ अनुभव सङ्गाले । शृङ्गारमा लाग्ने समय, लिङ्ग परिवर्तन हुँदा ल्याउनु पर्ने हाउभाउ लगायतले उहाँलाई छायाङ्कन अवधिभर ‘विपीन’ भन्दा पर राख्यो ।

छायाङ्कन सकिएको दुई दिन जनकपुरमै बसेर बल्ल उनि काठमाडौँ फर्किए । किनकी उनि पात्रलाई अन्यसँग परिचित गराउन चाहदैनथे ।

निर्देशक थापाले लगातार निर्माण गरिरहेको चलचित्रमा फरक रहेको बताए । उनले भने, “प्रेम कथानकभन्दा बाहिर आएर समाजमा रहेको समस्यालाई उठाउने कोसिस गरेका छौँ ।”

चलचित्रमा अभिनेता कार्कीसँगै धीरज मगर, सुहाना थापा, कविर खड्का, जेविश र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झालगायतका कलाकारले अभिनय गरेका छन् ।

सुनिलकुमार थापाले निर्माण गरेको चलचित्रमा निर्देशक थापासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुङ्गेलले पटकथा, राजेश श्रेष्ठले छायाङ्कन, मित्र डी गुरुङले सम्पादन, हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।


प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?