Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

देशलाई ऋणको भार थेग्न गाह्रो भइसक्योः सांसद शर्मा


काठमाडौँ। राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले देश झनै गरिबीको खाडलमा गइरहेको बताएका छन् ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशमा गरिबी झनै बढिरहेको, खाद्य संकट र बेरोजगारी पनि दिन प्रतिदिन बढिरहेको जिकिर गरे । उनले पुँजीगत खर्च हुन नसकेको र आयात बढिरहेको बताए । निर्यात दिनदिनै कम भइरहेको बताए । ऋणको भार थेग्न गाह्रो हुने स्थितिमा देश अघि बढिरहेको बताए । कुनै महिना एक अर्ब राजश्व बढी उठ्दैमा त्यसलाई आत्मरतिको विषय बनाएर प्रचार गर्नसके पनि देश बन्न नसक्ने बताए ।

सांसद शर्माले भने, ‘हामीले डाटा, तथ्य, तथ्यांकमा धनी र गरिबको खाडल झन् झन् गइरिरहेको छ । वा बढिरहेको छ । त्यो हामीले देखिरहेका छौँ । खाद्य संकट पनि बढिरहेको छ । बेरोजगारी पनि बढिरहेको छ । हामीले जतिसुकै चर्चा, परिचर्चा गरेपनि पुँजीगत खर्च हुन सकेको छैन । आयात बढिरहेको छ । निर्यात बढ्न सकेको छैन । ऋणको भारले देशलाई थेग्न गाह्रो हुने स्थितिमा अघि बढिरहेको छ । कुनै महिना एक अर्ब राजश्व बढी उठ्दैमा त्यसलाई आत्मरतिको विषय बनाएर प्रचार गर्न सकिएला तर देश बन्नेकुरा एउटा समृद्धिको कुरा सम्भव हुँदैन ।’

सांसद शर्माले देश बनाउने कुरालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न जरुरी रहेको बताए ।


प्रकाशित मिति: ३१ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?