Trending
>>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो नमूना प्रदर्शन गर्‍योः एकीकृत समाजवादी


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सरकारले एक वर्षे कार्यकालमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो नमूना प्रदर्शन गरेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद ज्वालाले यस्तो आरोप लगाएका हुन् । उनले प्रधानमन्त्री र मन्त्रीहरूले अहिलेसम्म सम्पती विवरण सार्वजनिक नगरेको भन्दै आपत्ति जनाए । उनले भ्रष्टाचारको डिग्री दिनहुँ उकालो लागिरहेको भन्दै भिजिट भिसामार्फत हुने तस्करीले नेपालाई दुनियाँसामु बद्नाम गराएको आरोप लगाए ।

उनले भने,‘प्रधानमन्त्री, मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक नगरेर सुशासनको नांगो नमूना प्रदर्शन, मन्त्रीहरु भ्रष्टाचार, घुसखोरी र विवादमा मुछिएको विश्व रेकर्ड, भिजिट भिसामार्फत मानव तस्करीमा नेपाल दुनियामा बदनाम, भ्रष्टाचारको डिग्री उकालो, घुसखोरी व्याप्त, सम्पती शुद्धीकरणमा ग्रे लिष्टबाट ब्ल्याक लिस्टतर्फ यात्रा, मल अभावमा किसान समस्यामा, उखु किसानको अनुदान कटौति, दैनिक उपभोग्य सामानमा मूल्यवृद्धि, बजेटमा एकलौटी र व्रम्हलुट, सेटिङमा योजना किनबेच, जनविरोधी अध्यादेशबाट साशन, शिक्षा विधेयक समितिमा वन्धक, कुलिङ परियडमा चलखेल, सहकारी र मीटरब्याज पीडित अन्यायमा ।’

सांसद ज्वालाले सहकारी पीडित र मिटरब्याज पीडितले न्याय नपाएको, शिक्षा विधेयक समितिमा वन्धक बनेको, जनविरोधी अध्यादेशमार्फत शासन चलाउने बढेको भन्दै सरकारको आलोचना गरे ।


प्रकाशित मिति: ३१ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?