Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

काठमाडौं महानगरपालिकाले कवाड व्यवसायमाथि गैरकानूनी धरपकड गरेको भन्दै सांसद यादवको आपत्ति


काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायमाथि गैरकानूनी धरपकड गरेको भन्दै आपत्ति जनाएकी छिन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद यादवले आपत्ति जनाएकी हुन् । अदालतको आदेश विपरीत र कायरतापूर्ण ढंगले व्यवसायीमाथि कारबाही गरिएको भन्दै उक्त कार्य तत्काल रोक्न चेतावनी समेत दिइन । उनका अनुसार रौतहटको राजदेवी नगरपालिकाका स्थायी बासिन्दा तथा हाल काठमाडौं महानगरपालिका–४ मा कवाडी व्यवसाय गर्दै आएका राजाराम शाहको पसलमा महानगरले डोजर लगाएर तोडफोड गरेको छ । उनले कदमलाई गैरकानूनी रुपमा कवाड व्यवसायीमाथि कारबाही गरिरहेको भन्दै दोषीमाथि कारबाही गर्न सरकारसमक्ष माग गरिन ।

उनले भनिन, ‘काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कायरतापूर्ण हमलाबाट अदालतको आदेशविपरित कवाडी व्यवसायीहरुमाथि हमला भएको छ । सभामुख महोदय हिजो असार ३० गते रौतहट राजदेवि नगरपालिका घर भई हाल काठमाडौं महानगरपालिका वडा नंं ४ कवाडी व्यवसाय सञ्चालन गर्दै आएका राजाराम शाहको कवाडमा काठमाडौं महानगरपालिकाले डोजर चलाएर तोडफोड गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कायरतापूर्ण व्यवहारको हाम्रो पार्टी घोर भत्सना गर्दछ । साथै गैरकानूनी हमलामा संलग्न अपराधीहरुलाई कारबाही गर्नको लागि विशेष आग्रह पनि गर्दछौं ।’

उनले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन कृषि मन्त्रीको समेत ध्यानाकर्षण गराइन ।


प्रकाशित मिति: ३१ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?