Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

चरम अतिवादको शैली अवलम्वन नगर्न रास्वपालाई काँग्रेस सांसद बजगाईंको चेतावनी


काठमाडौँ। नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टीलाई(रास्वपा)लाई चरम अतिवादको शैली अवलम्वन नगर्न चेतावनी दिएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद बजगाईंले यस्तो चेतावनी दिएका हुन् । रास्वपा सरकारमा जाँदा समेत काँग्रेस परिवारका सदस्यमाथि प्रतिशोध साँध्नुबाहेक केही गर्न नसकेको उनको आरोप छ । उनले रास्वपाले देश निर्माणको स्पष्ट योजना देखाउनुको सट्टा राजनीतिक प्रपोगाण्डामा व्यस्त रहेको बताए । उनले रास्वपाले थालेको हस्ताक्षर अभियान समेत गैरकानूनी रहेको टिप्पणी गरे ।

उनले भने, ‘अहिलेसम्म तपाईहरुको देश यस्तो बनाउने भन्ने स्पष्ट योजना देखिएको छैन । मात्र सत्तामा हाम्रो पार्टी परिवारका सदस्यलाई थुन्ने षड्यन्त्रमै खर्चनुभयो हिजोको सत्ता आरोहण गर्दा । अहिले पनि प्रपोगाण्डामै व्यस्त हुनुहुन्छ । बरु जुन भाषा प्रयोग गर्दै हुनुहुन्छ– पर्ख २०८४ मा देखाउँछौं । यो प्रतिशोधको भाषा थियो । त्यो शैली चरम अतिवादतर्फ उन्मुख देखिन्छ । यो प्रवृत्तिले चरमपन्थी व्यवहारको झल्को दिन्छ जुन लोकतान्त्रिक मूल्य मान्यतासँग मेल खाँदैन । देशलाई अहिले बद्लाको होइन दिशा र दृष्टिकोणको खाँचो छ । र यो हामीबाट अनुशरण गर्नुपर्छ ।’

देशलाई बदला नभई स्पष्ट दिशा र दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्दै सांसद बजगाईंले सबै दलले लोकतान्त्रिक अभ्यासमा रहनुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: ३१ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?