Trending
>>   आजको राशिफल : २०८२ साल साउन ०२ गते शुक्रबार >>   जलश्रोत विधेयकलाई खानेपानी र हाइड्रोको क्षेत्रबाट मात्रै नहेरौँः सांसद परियार >>   जलश्रोतको मुहानको प्रयोग सबैले गर्न पाउनुपर्छः सांसद विश्वकर्मा >>   जलश्रोतको उचित व्यवस्थापन, संरक्षण र सदुपयोग गरौँः सांसद शाक्य >>   कानून निर्माणमा ढिलाइ नगरौँः सांसद गौतम >>   कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान >>   भूमि मन्त्री अधिकारीको स्पष्टिकरणः घुस लिएको छैन, चरित्र हत्या गर्न खोजियो >>   कानून व्यवसायीलाई लाइसेन्स दिन मापदण्ड बनाउने कुरा सही छः मन्त्री चौरसिया >>   भूमि व्यवस्था मन्त्रालयमा बलराम अधिकारीको एक वर्षः ७०७ रोपनी जग्गा सरकारको नाममा फिर्ता >>   अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने
Logo
३ श्रावण २०८२, शुक्रबार
३ श्रावण २०८२, शुक्रबार

ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु


गएराति स्याङ्जाको वालिङमा ट्रयाक्टर दुर्घटनामा घाइते भएका दुबै जनाको उपचारका क्रममा मृत्यु भएको छ । वालिङ ६ आपडालीस्थित भित्री सडकमा जगतभञ्ज्याङबाट वालिङतर्फ आउँदै गरेको ग १ त ६८८६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक र सहचालक दुबैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालले बताउनुभयो ।

ट्रयाक्टर चालक स्याङ्जाको चापाकोट नगरपालिका २ धुर्कोट बस्ने ३२ वर्षीय नवीन सुनार र वालिङ नगरपालिका ८ मिर्दी बस्ने १४ वर्षीय सहचालक सोविन विकको उपचारकाक्रममा मृत्यु भएको हो । चालक सुनारको टाउको र ढाडमा चोट लागेको थियो । उहाँको वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

टाउको र दायाँ खुट्टामा चोट लागेका सहचालक विकको थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको थियो । उहाँको उपचारका क्रममा गएराति नै अस्पतालमै मृत्यु भएको हो । आइतबार राति ८ बजेतिर ट्रयाक्टर सडकबाट अन्दाजी १५ मिटर तल खसेको थियो ।


प्रकाशित मिति: ८ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?