Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

शैक्षिक जनशक्ति राष्ट्रनिर्माणको स्रोत – उपकुलपति अर्याल


पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले विश्वविद्यालयले उत्पादन गरेका जनशक्ति राष्ट्रनिर्माणका लागि महत्पूर्ण स्रोत भएको बताउनुभएको छ । सोमबार आयोजित पोखरा विश्वविद्यालयको अठारौँ दीक्षान्त समारोहमा उहाँले विश्वविद्यालयले देशको सर्वाङ्गीण विकासका लागि चाहिने ज्ञान र सीपयुक्त जनशक्ति तयार गरिरहेको उल्लेख गर्नुभयो ।

“शिक्षाले सभ्य समाजको निर्माण गरी देशलाई विकास र प्रगतितर्फ उन्मुख गराउँछ, शिक्षित दक्ष जनशक्तिको अभावमा देशले लक्षित प्रगति हासिल गर्न सक्दैन”, उपकुलपति प्राडा अर्यालले भन्नुभयो । उहाँले विश्वविद्यालयबाट विभिन्न तहमा उपाधि प्राप्त गरी दीक्षित भएका विद्यार्थीलाई राष्ट्रनिर्माण र परिवर्तनको सम्वाहकका रुपमा काम गर्न आग्रह गर्नुभयो । “आर्जित ज्ञान, सीपलाई देश विकास र आफ्नो सफल भविष्य निर्माणका लागि सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो । पोखरा विश्वविद्यालयले हालै शिक्षण अस्पताल सञ्चालनमा ल्याएको उल्लेख गर्दै उपकुलपति अर्यालले गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा र वैज्ञानिक स्वास्थ्य अनुसन्धान केन्द्रका रुपमा अस्पताललाई विकसित गरिने बताउनुभयो ।

आर्थिक एवं सामाजिकरुपले पछाडि पारिएका वर्ग र क्षेत्रका विद्यार्थीको उच्च शिक्षामा पहुँच पुर्याउन विश्वविद्यालयले बर्सेनि ठूलो सङ्ख्यामा छात्रवृत्ति प्रदान गर्दै आएको उहाँको भनाइ थियो । विश्वविद्यालयका ६६ वटा महाविद्यालयमा प्राविधिक एवं साधारण विषयमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा पठनपाठन हुँदै आएको उपकुलपति प्राडा अर्यालले बताउनुभयो ।


प्रकाशित मिति: ८ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?