Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

तीजलाई सामाजिक सद्भाव कायम राख्ने पर्वका रुपमा मनाऔँ : मन्त्री देवी


२४ ,भाद्र ,काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले हरितालिका तीजलाई सामाजिक सद्भाव कायम राख्ने पर्वका रुपमा मनाउन सबैलाई आग्रह गरेकि छन् ।

काठमाडौँमा हिजो आयोजित ‘तीज तथा सौन्दर्य सम्मान’ कार्यक्रममा उनले तीज पर्वलाई मध्यनजर गर्दै मौलिकता र सामाजिक सद्भावलाई ख्याल गरी सो पर्व मनाउन सबै नारीलाई आग्रह गरेकि हुन् ।

मन्त्री देवीले देश र जनताका लागि योगदान दिने नारीलाई सम्मान गर्ने कार्यलाई असल कार्यको सङ्ज्ञा दिँदै त्यसलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको बताईन् ।

उनले तीजले माइती र चेलीबीचको सम्बन्धलाई अझै आत्मीय बनाउने भएकाले पनि यस पर्वको विशेष महत्व रहेको उल्लेख गरिन् । कार्यक्रममा मन्त्री देवीले सामाजिक क्षेत्र योगदान पुर्याएका नौ जना नारीलाई सम्मान गरेकि थिईन् ।


प्रकाशित मिति: २४ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?