Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

बागमती प्रदेशका सभामुखद्वारा सर्वदलीय बैठक आह्वान


२४ ,भाद्र ,मनहरी (मकवानपुर) । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले हिजो आइतबारका लागि सर्वदलीय बैठक बोलाएक छन् ।

बागमती प्रदेशसभामा एमालेसहितका विपक्षी दलको चेतावनीपछि बस्न नसकेको प्रदेशसभा बैठक सञ्चालनका सम्बन्धमा सभामुख पाठकले भदौ २४ गते आइबतार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

उनले लामो समयपछि बस्न लागेको बैठक निरन्तर सञ्चालन हुन नसके गलत सन्देश जाने भएकाले सदन सञ्चालनका लागी सर्वदलीय बैठक बोलाएको जानकारी दिए ।

आइतबारको सर्वदलीय बैठकबाट सहमति जुट्न सकेको अवस्थामा भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।

गत असार २२ गतेपछि प्रदेशसभा बैठक बस्न सकेको छैन । भदौ १८ गतेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक पनि सरकार र विपक्षी दलबीच सहमति हुन नसकेपछि तीनपटक स्थगित भइसकेको छ ।


प्रकाशित मिति: २४ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?