Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२४ पुष २०८२, बिहीबार
२४ पुष २०८२, बिहीबार

गोरखामा एग्रिकल्चर टेक्निकल पार्क निर्माण गर्ने प्रधानमन्त्रीको इच्छा


२३ ,भाद्र ,गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गोरखामा एग्रिकल्चर टेक्निकल पार्क निर्माण गर्ने आफ्नो इच्छा रहेको बताएका छन् ।

गोरखाको अजिरकोट गाउँपालिकाले आज भच्चेकमा आयोजना गरेको पालिकाभित्रका जनप्रतिनिधि, राजनीतिक दल तथा नागरिकसँगको अन्तक्र्रियाका क्रममा प्रधानमन्त्री दाहालले चीन सरकारले नेपालमा एग्रिकल्चर टेक्निकल पार्क निर्माण गर्ने प्रस्ताव गरेको भन्दै उक्त पार्क गोरखामा निर्माण गर्ने इच्छा व्यक्त गरेका हुन् ।

“आसन्न चीन भ्रमणका क्रममा नेपालको कृषि क्षेत्रको विकासको सन्र्दभमा पनि छ”, प्रधानमन्त्री दाहालले भने, “एउटा एग्रिकल्चर टेक्निकल पार्क बनाउने प्रस्ताव चीन सरकारको छ, त्यो पार्क कहाँ बनाउनेभन्दा अहिले मेरो निर्णय नै त होइन तर उक्त पार्क गोरखामा नै बनाउने इच्छा छ ।”

एग्रिकल्चर पार्कमा कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि, पशुपालन र उद्योग पनि एउटै ठाउँमा केन्द्रित रहने गरी निर्माण गर्ने सोच आफ्नो रहेको उनले बताए ।

“पर्याप्त जमिन भयो भने गोरखामा मेरो आफ्नै निर्वाचन क्षेत्रमा एउटा ठूलो परियोजना निर्माण गरौँ, जसले हजारौँलाई रोजगारी दिन सकोस र यहाँको जनताको जीवनमा आमूल परिवर्तन ल्याउन सकोस् मेरो त्यतातर्फ ध्यान छ ।” प्रधानमन्त्री दाहालले भने ।

उनले यही कार्यकालमा मुलुकलाई सफल बनाउने गरी आफूले काम गरिरहेको बताए । “व्यवस्था फेरियो तर अवस्था फेरिएन भन्ने ठाउँबाट देशलाई व्यवस्था मात्र होइन अवस्था पनि फेरियो भन्ने ठाउँमा पु¥याउने काम अहिलेको पार्टी नेतृत्वबाट सम्भव छ”, प्रधानमन्त्री दाहालले भने ।


प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?