Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

गोरखामा एग्रिकल्चर टेक्निकल पार्क निर्माण गर्ने प्रधानमन्त्रीको इच्छा


२३ ,भाद्र ,गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गोरखामा एग्रिकल्चर टेक्निकल पार्क निर्माण गर्ने आफ्नो इच्छा रहेको बताएका छन् ।

गोरखाको अजिरकोट गाउँपालिकाले आज भच्चेकमा आयोजना गरेको पालिकाभित्रका जनप्रतिनिधि, राजनीतिक दल तथा नागरिकसँगको अन्तक्र्रियाका क्रममा प्रधानमन्त्री दाहालले चीन सरकारले नेपालमा एग्रिकल्चर टेक्निकल पार्क निर्माण गर्ने प्रस्ताव गरेको भन्दै उक्त पार्क गोरखामा निर्माण गर्ने इच्छा व्यक्त गरेका हुन् ।

“आसन्न चीन भ्रमणका क्रममा नेपालको कृषि क्षेत्रको विकासको सन्र्दभमा पनि छ”, प्रधानमन्त्री दाहालले भने, “एउटा एग्रिकल्चर टेक्निकल पार्क बनाउने प्रस्ताव चीन सरकारको छ, त्यो पार्क कहाँ बनाउनेभन्दा अहिले मेरो निर्णय नै त होइन तर उक्त पार्क गोरखामा नै बनाउने इच्छा छ ।”

एग्रिकल्चर पार्कमा कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि, पशुपालन र उद्योग पनि एउटै ठाउँमा केन्द्रित रहने गरी निर्माण गर्ने सोच आफ्नो रहेको उनले बताए ।

“पर्याप्त जमिन भयो भने गोरखामा मेरो आफ्नै निर्वाचन क्षेत्रमा एउटा ठूलो परियोजना निर्माण गरौँ, जसले हजारौँलाई रोजगारी दिन सकोस र यहाँको जनताको जीवनमा आमूल परिवर्तन ल्याउन सकोस् मेरो त्यतातर्फ ध्यान छ ।” प्रधानमन्त्री दाहालले भने ।

उनले यही कार्यकालमा मुलुकलाई सफल बनाउने गरी आफूले काम गरिरहेको बताए । “व्यवस्था फेरियो तर अवस्था फेरिएन भन्ने ठाउँबाट देशलाई व्यवस्था मात्र होइन अवस्था पनि फेरियो भन्ने ठाउँमा पु¥याउने काम अहिलेको पार्टी नेतृत्वबाट सम्भव छ”, प्रधानमन्त्री दाहालले भने ।


प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?