Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१५ पुष २०८२, मंगलवार
१५ पुष २०८२, मंगलवार

सोह्रौँ योजनामा जिल्ला तहदेखिका सुझाव सङ्कलन गरिने


२२ ,भाद्र ,काठमाडौँ । सोह्रौँ योजनामा लैङ्गिक समानता र सामाजिक न्यायसम्बन्धी विशेष व्यवस्थाका लागि जिल्ला तहदेखि सुझाव सङ्कलन गरिने भएको छ ।

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले आज लैङ्गिक समानता र सामाजिक न्यायका विषयमा अन्तरपार्टी महिला सञ्जालसँग छलफल गरी प्रदेश र जिल्ला तहबाट पनि सुझाव सङ्कलन गर्न लागिएको जानकारी गराएको हो ।

यस विषयमा निरन्तररूपमा समितिले छलफल अघि बढाएको समिति सभापति प्रकाश पन्थले जानकारी दिए ।

समितिले यसअघि राष्ट्रिय योजना आयोग, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगसँग छलफल गरेको थियो ।

आजको छलफलमा महिला सञ्जालका अध्यक्ष पुष्पा ठाकुर, पूर्वअध्यक्षद्वय कल्याणी रिजाल र मिलन वर्मालगायत सहभागी हुनुभएको थियो । उहाँहरूले सञ्जालको प्रदेश र जिल्ला तहलाई पनि परिचालन गरी १६औँ योजनाका लागि सुझाव सङ्कलन गरिनेमा जोड दिएका हुन् ।

सञ्जालले लिएका सुझाव समितिमार्फत सुझावका रूपमा राष्ट्रिय योजना आयोगमा पठाइने सभापति पन्थले बैठकमा जानकारी गराएका हुन् ।

बैठकमा लैङ्गिक समानता र सामाजिक न्यायसम्बन्धी उपसमितिका संयोजक कमला पन्तले अहिले महिलाको विभिन्न क्षेत्रमा सहभागिताका बारेमा प्रस्तुति गरेकि थिईन् ।

सो अवसरमा सांसदहरू नारायणप्रसाद दाहाल, जगप्रसाद शर्मा, भुवन सुनार, शारदादेवी भट्टलगायतले १६औँ योजनामा लैङ्गिक समानता र सामाजिक न्यायका विषयमा विशेष व्यवस्था गरिनुपर्नेमा जोड दिएका थिए ।


प्रकाशित मिति: २२ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?