Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

जनशक्ति अभावले महाकाली अस्पतालको सेवा प्रभावित


महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा जनशक्ति नहुँदा अस्पतालको सेवा प्रभावित बनेको छ । कोरोना सङ्क्रमणका बेला राखिएका छ कर्मचारीको करार सम्झौता सकिएपछि सुदूरपश्चिम प्रदेश सरकारले करार सेवा थप नगर्दा अस्पतालको सेवा प्रभावित बनेको महाकाली प्रादेशीक अस्पताल व्यवस्थापन समितिले जनाएको छ । अस्तालको पिसीआर ल्याबमा कार्यरत छ कर्मचारीको करार सेवा थप नभएपछि अस्पतालको पिसीआर ल्याब बन्द भएको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले सुदूरपश्चिममा कैलालीको सेती र डडेल्धुरा अस्पताललाई मात्रै कोभिड अस्पताल घोषणा गर्दा समस्या भएको हो ।

सरकारले महाकाली अस्पताललाई कोभिड अस्पतालको रुपमा नलिएपछि कोरोनाका बेला राखिएका कर्मचारीको करार सेवा थप नभएको हो । “सरकारले एकातर्फ कोभिड अस्पताल घोषणा गरेन, अर्को कोरोना सङ्क्रमणका बेला भर्ना भएका कर्मचारीको करार सेवा थप गरेन यसले जनशक्ति अभाव भयो”, उहाँले भन्नुभयो, “बजेट अभाव हुँदा ल्याबका लागि आवश्यक अन्य सामग्रीसमेत अभाव छन जसले गर्दा सेवा बन्द हुन पुग्यो ।” छिमेकी मुलुकमा कोरोनाका नयाँ भेरियन्ट देखिँदा थालेपछि त्यसको जोखिम यहाँ पनि कायम रहेका बेला कोरोना परीक्षण गर्ने मेसिन नै बन्द हुन पुगेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले पनि छिमेकी मुलुकमा कोरोनाको नयाँ भेरियन्ट देखा परेकाले यहाँ पनि जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना सङ्क्रमणको जोखिमबाट बच्न सबै निकायले आवश्यक तयारी गर्ने निर्णय गरेको बताउनुभयो । “भविष्यमा आउनसक्ने जोखिमलाई मध्यनजर गर्दै अक्सिजन, आइसोलेसन र होल्डिङ सेन्टर व्यवस्थापनलगायतका पूर्वतयारी गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो, “सीमानाका व्यवस्थित गर्ने र सावधानीका उपाय अपनाउने विषयमा छलफल भएको छ ।”

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले भारतसँग जोडिएको सीमानाका गड्डाचौकीमा भारतबाट फर्किनेको नाकामै एन्टिजेन परीक्षण भइरहेको जनाएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड फोकल पर्सन सिद्धराज भट्टले नाकामा भारतबाट फर्किनेमा दिनहुँ एन्टिजेन परीक्षण भइरहेको बताउनुभयो ।


प्रकाशित मिति: १६ पुष २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?