Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

आजबाट ज्यापु समाजको पहिलो अन्तर टोल ब्याडमिन्टन प्रतियोगिता


२० भदौ, काठमाडाैँ । ज्यापु समाज यलको आयोजनामा प्रथम काजीलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिने भएको छ । समाजका संस्थापक अध्यक्षको सम्झनामा ललितपुरका ४० वटा टोल र बहाबहीका खेलाडीह?को सहभागिता रहने प्रतियोगितामा ४ समूहमा प्रतिस्पर्धा गराइने भएको छ । प्रतियोगिताको सम्बन्धमा जानकारी दिन आज आयोजित कार्यक्रममा प्रतियोगिताको तयारीका सम्बन्धमा जानकारी दिनु हुँदै श्रम तथा युवा विभाग अन्तर्गतको युवा तथा खेलकुद उपसमितिका संयोजक बाबुराजा महर्जनले प्रतियोगिता ज्यापु समाजले आयोजना गर्न लागिएको भएता पनि सबैले ललितपुरका टोल, बहाबही र ननीह?मा समेत पत्राचार गरिएको र यसमा सबैले सहभागिता जनाउन सक्ने बताउनु भयो ।

भाद्र २० गतेबाट हुने प्रतियोगिता ललितपुरको बालक्ुमारीस्थित रिमिक्स ब्याडमिन्टन क्लबमा ४ दिनसम्म चल्नेछ । प्रतियोगिताका रेफ्री अनुप रत्न शाक्यले सबै समूहमा गरेर करिब २०० देखि २५० जना खेलाडीह?को सहभागीता रहने अनुमान रहेको बताउनु भयो ।प्रतियोगितामा सहभागिताका लागि १९ गतेसम्म नाम बुझाउन समय दिइएको कारण अहिले नै यकिन खेलाडी र टोलीको संख्या बताउन नसकिने आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि १६ लाख रूपैयाँ लागत अनुमान रहेको र विजेताहरू मध्ये मेन्स डबलमा प्रथम हुनेलाइ २० हजार,द्वितीय हुनेलाइ १० हजार र तृतीय हुने दुइ समूहलाइ ५–५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।यसैगरी भेन्ट्रान्स डबलमा १५ हजार, ८ हजार र ४–४ हजार, अण्डर १७ ब्वाइज तथा गर्ल्सका लागि, १० हजार, ५ हजार र ३–३ हजार रूपैयाँ क्रमशः प्रथम, द्वितीय र तृतीय हुनेलाइ पुरस्कार प्रदान गरिनेछ ।प्रतियोगिताको उद्घाटन ललितपुरका मेयर चिरीबाबु महर्जनले गर्नुहुने भएको छ भने समापन कार्यक्रममा ललितपुरका सांसद रामकृष्ण चित्रकार प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुने भएको छ ।प्रतियोगिता हरेक वर्ष संचालन गर्नका लागि स्व. काजिलाल अवालेको परिवारजनको तर्फबाट १० लाखको अक्षयकोष राख्ने प्रतिबद्धता जनाएको र यसलाइ अन्य दाताहरूको सहयोगमा वृद्धि गर्दै जाने लक्ष्य रहेको संयोजक बाबुराजा ज्यापुले बताउनु भयो ।


प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?