Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

आजबाट ज्यापु समाजको पहिलो अन्तर टोल ब्याडमिन्टन प्रतियोगिता


२० भदौ, काठमाडाैँ । ज्यापु समाज यलको आयोजनामा प्रथम काजीलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिने भएको छ । समाजका संस्थापक अध्यक्षको सम्झनामा ललितपुरका ४० वटा टोल र बहाबहीका खेलाडीह?को सहभागिता रहने प्रतियोगितामा ४ समूहमा प्रतिस्पर्धा गराइने भएको छ । प्रतियोगिताको सम्बन्धमा जानकारी दिन आज आयोजित कार्यक्रममा प्रतियोगिताको तयारीका सम्बन्धमा जानकारी दिनु हुँदै श्रम तथा युवा विभाग अन्तर्गतको युवा तथा खेलकुद उपसमितिका संयोजक बाबुराजा महर्जनले प्रतियोगिता ज्यापु समाजले आयोजना गर्न लागिएको भएता पनि सबैले ललितपुरका टोल, बहाबही र ननीह?मा समेत पत्राचार गरिएको र यसमा सबैले सहभागिता जनाउन सक्ने बताउनु भयो ।

भाद्र २० गतेबाट हुने प्रतियोगिता ललितपुरको बालक्ुमारीस्थित रिमिक्स ब्याडमिन्टन क्लबमा ४ दिनसम्म चल्नेछ । प्रतियोगिताका रेफ्री अनुप रत्न शाक्यले सबै समूहमा गरेर करिब २०० देखि २५० जना खेलाडीह?को सहभागीता रहने अनुमान रहेको बताउनु भयो ।प्रतियोगितामा सहभागिताका लागि १९ गतेसम्म नाम बुझाउन समय दिइएको कारण अहिले नै यकिन खेलाडी र टोलीको संख्या बताउन नसकिने आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि १६ लाख रूपैयाँ लागत अनुमान रहेको र विजेताहरू मध्ये मेन्स डबलमा प्रथम हुनेलाइ २० हजार,द्वितीय हुनेलाइ १० हजार र तृतीय हुने दुइ समूहलाइ ५–५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।यसैगरी भेन्ट्रान्स डबलमा १५ हजार, ८ हजार र ४–४ हजार, अण्डर १७ ब्वाइज तथा गर्ल्सका लागि, १० हजार, ५ हजार र ३–३ हजार रूपैयाँ क्रमशः प्रथम, द्वितीय र तृतीय हुनेलाइ पुरस्कार प्रदान गरिनेछ ।प्रतियोगिताको उद्घाटन ललितपुरका मेयर चिरीबाबु महर्जनले गर्नुहुने भएको छ भने समापन कार्यक्रममा ललितपुरका सांसद रामकृष्ण चित्रकार प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुने भएको छ ।प्रतियोगिता हरेक वर्ष संचालन गर्नका लागि स्व. काजिलाल अवालेको परिवारजनको तर्फबाट १० लाखको अक्षयकोष राख्ने प्रतिबद्धता जनाएको र यसलाइ अन्य दाताहरूको सहयोगमा वृद्धि गर्दै जाने लक्ष्य रहेको संयोजक बाबुराजा ज्यापुले बताउनु भयो ।


प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?