Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

जसपाद्वारा केन्द्रीय कार्यालय समिति सदस्यको कार्यविभाजन


१९ ,भाद्र ,काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्नो केन्द्रीय कार्यालय समिति सदस्यको कार्य विभाजन गरेको छ ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य परशुराम बस्नेत अध्यक्ष रहेका पाँच सदस्यीय केन्द्रीय कार्यालय समितिको बैठकले सदस्यको कार्यविभाजन गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले  जानकारी दिए ।

उनका अनुसार प्रशासनिक कार्य सञ्चालन तथा केन्द्रीय कार्यालय व्यवस्थापनको जिम्मेवारी चन्देश्वरप्रसाद सिंह र ई देवनारायण यादवलाई दिइएको छ ।

केन्द्रीय निकाय, संयन्त्र, मातहत निकायको सम्पर्क तथा जनसम्पर्कका लागि पेशल ढकाल र न्हुच्छेलाल महर्जनलाई तोकिएको सो पार्टीले जनाएको छ ।

यसैगरी बैठकले पूर्वकेन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीसँग कार्यसम्पादन प्रक्रिया र उपलब्ध कागजात बरबुझारथ गर्ने निर्णय गरिएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए ।


प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?