Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२८ माघ २०८२, बुधबार
२८ माघ २०८२, बुधबार

‘सङ्गठन विस्तारमा महिला सहभागिताले प्रभावकारी भूमिका खेल्न सक्छ’


१८ ,भाद्र ,काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले महिला सहभागिताले पार्टी सङ्गठन विस्तारमा प्रभावकारी भूमिका खेल्नसक्ने बताएका छन् ।

नेपाली कांग्रेस कास्कीका कार्यकर्तालाई आज पोखरामा सम्बोधन गर्दै उनले पार्टी सङ्गठन विस्तारमा पुरुषभन्दा महिलाले नै प्रभावकारी भूमिका खेल्न सक्ने बताए ।

लामो समयदेखि पार्टीका संरचना निर्माण हुन नसकेको स्वीकार गर्दै उनले भने, “आउँदो निर्वाचनमा बहुमत हात पार्न पार्टी सङ्गठन वडा तहदेखि नै बलियो हुन जरुरी छ ।”

पार्टीका संरचनाहरू छिट्टै गठन गरिने प्रतिबद्धतासमेत उनले व्यक्त गरे । “नेपाली कांग्रेसका कार्यकर्ताले एकअर्काको अस्तित्व स्वीकार गरी एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प छैन, संस्था बलियो भयो भनेमात्र हामीले विजय प्राप्त गर्न सक्छौँ”, नेता महतले भने, “नेपाली जनता र पार्टीको हितलाई केन्द्रविन्दुमा राखेर हिँड्नुहोस् ।”

नेपाली जनताको चाहना पूरा गर्ने कार्यमा वर्तमान सरकार सक्रिय रहेको उनको भनाइ थियो ।

सीमित स्रोत र साधनबीच जनताका चाहना पूरा गर्ने प्रयासमा रहेको चर्चा गर्दै मन्त्री महतले विभिन्न समस्याकै कारण सोचेअनुसार विकास निर्माण कार्यले गति लिन नसकेको स्वीकार गरे ।

सरकारका नकारात्मक कुरामात्र नभएर सकारात्मक कुराको पनि प्रशंसा गरिदिन अग्रह गर्दै उनले जनताले सोचेअनुसार काम गर्न नसके पनि सरकार जनताकै हितमा काम गरिरहेको उल्लेख गरे ।

प्रजातन्त्रपछि देशमा सडक, सञ्चार, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति भएको बताउँदै मन्त्री महतले भने, “अब सरकारले गाउँगाउँका सडक बाह्रै महिना सञ्चालनमा आउन सक्ने गरी काम गर्नेछ ।”

राजनीतिक अस्थिरता, भूकम्प, कोरोना, युक्रेन–रसिया युद्धका कारण थला परेको नेपाली अर्थतन्त्रले बिस्तारै लय लिन थालेको मन्त्री महतको भनाइ थियो ।


प्रकाशित मिति: १८ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?