Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

सभामुखसँग रुसी राजदूतको शिष्टाचार भेट


१८ ,भाद्र ,काठमाडौँ । सभामुख देवराज घिमिरेसँग नेपालका लागि रुसका राजदूत अलेक्सेई अलेक्सेयेभिच नोभिकोभले आज सिंहदरबारमा शिष्टाचार भेट गरेका छन् ।

भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अभ्यासको आदानप्रदान लगायतका विषयमा छलफल भएको छ । सभामुख घिमिरेले रुसी महासङ्घ नेपालको पुरानो मित्र भएको स्मरण गराउँदै सन् १९५६ मा नेपालसँग दौत्य सम्बन्ध स्थापना भए पश्चात दुई देशबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गरे ।

उनले नेपालको विकास प्रक्रियामा रुसको सहयोग महत्वपूर्ण रहेको र रुसी सहयोगका लागि नेपाल तथा नेपाली जनताका तर्फबाट आभार व्यक्त गरे ।

सभामुख घिमिरेले सन् २०१५ को भूकम्पको समयमा राहत र उद्धार तथा भूकम्पपछिको पुनःनिर्माणमा प्राप्त भएको रुसी सहयोग र कोभिड– १९ सङ्क्रमणको समयमा मूल्यवान सहयोग प्रदान गरेकामा रुसी महासङ्घलाई धन्यवाद दिए ।

राजदूत नोभिकोभले गएको अप्रिलमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको भ्रमण संसदीय आदानप्रदानका लागि महत्वपूर्ण रहेको बताए ।

उनले अध्यक्ष तिमिल्सिनाको भ्रमणमा भएको सहमति कार्यान्वयन गर्न रुसबाट उच्चस्तरीय भ्रमणको तयारी भएको जानकारी दिएका थिए ।


प्रकाशित मिति: १८ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?