Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

सन्दकपुरमा व्यावसायिकरुपमा चौँरीपालन


१५ ,भाद्र ,फिक्कल (इलाम) । चौँरीपालन गरेर इलामका युवा व्यावसायिक बन्न थालेका छन् ।

लोप हुँदै गएको चौँरीपालन पेसाप्रति इलामको लेकाली क्षेत्रका युवाको आकर्षण बढेको हो ।

सन्दकपुर गाउँपालिका–२ का रामबहादुर राई वैदेशिक रोजगारीमा गएको १० वर्षपछि फर्किएर चौँरीपालन गरिरहेका छन् ।

यस ठाउँको धुपी क्षेत्रमा परम्पारगतरूपमा चौँरीपालन हुँदै आएको थियो ।

अहिले राईको गोठमा २५ चौँरी छन् । उनले घरपालुवा उराङ जातिका चौँरीपालन गरेको बताए ।

सन्दकपुर–४ को बिखेभञ्ज्याङ क्षेत्रमा पनि चौँरीपालन गरिँदै आएको छ ।

उनीहरुले दूध, घ्यू र छुर्पी बेचेर वार्षिकरूपमा रु पाँच लाखसम्म आम्दानी गर्दै आएका छन् । हिमाली क्षेत्रको आम्दानीको स्रोतका रूपमा रहेको चौँरीपालनमा युवाले सक्रियता देखाएका छन् ।

लेकाली हावापानी शीतल–सुन्दर घाँसेमैदानमा सन्दकपुर–२ को धुपीक्षेत्र चौँरीपालनको पकेट क्षेत्र हो ।

तीन हजारदेखि छ हजार मिटर उचाइको हावापानी चौँरीका लागि अनुकूल मानिन्छ । चौँरी घरपालुवा र जङ्गली गरी दुई प्रकारको हुन्छ ।

उराङ जातको चौँरीलाई घरमा पाल्ने गरिएको छ । फालेलुङमा चौँरीपालन व्यवसाय पछिल्लो समय बढ्दै गएको छ ।

चौँरीपालनमा युवा बढी संलग्न छन् । चौँरीको दूधबाट मात्र होइन रौँबाट पनि आम्दानी हुने गरेको छ । रौँबाट राडीपाखी बन्ने गरेको छ ।

गाई किर्खोबाट जन्मिने चौँरीलाई ‘उराङ’ र पहाडी गोरु याकको सङ्सर्गबाट जन्मिने सन्तानलाई ‘डिम्जो’ भनिन्छ ।

डिम्जो चौँरीजस्तै दुधालु हुन्छ । तर झोप्क्यो (भाले) भने भारी बोक्न काम लाग्छ ।


प्रकाशित मिति: १५ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?