Trending
>>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
Logo
१० फाल्गुन २०८२, आईतवार
१० फाल्गुन २०८२, आईतवार

अङ्ग्रेजी नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने


अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर राजधानीको प्रमुख पर्यटकीय नगरी ठमेलमा सडक महोत्सव गरिने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा कोभिडबाट थला परेको ठमेल क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि यही पुस १६ गते साँझ ठमेलमा सडक महोत्सव हुन लागेको हो । परिषद्ले आज बिहान स्काई लाइन होटल ठमेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष भविश्वर शर्माले कोेरोनाले थलिएको ठमेलको पर्यटन पुनरुत्थान गर्न अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चयकोष अगाडिको मुख्य सडकमा ठमेल सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

“‘ठमेलमा जाऔँ, ठमेलमै बसौँ, ठमेलमै घुमौँ, ठमेलमै रमाऔँ’ भन्ने मूल नाराका साथ सडक महोत्सव तथा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेका छौँ”, उहाँले भन्नुभयो । ठमेलमा आयोजना हुन लागेको सडक महोत्सवमा एक लाख व्यक्तिको सहभागिता रहने परिषद्ले जनाएको छ । ठमेल सडक महोत्सवलाई सम्पन्न गर्न नेपाल प्रहरीसँग सुरक्षा व्यवस्थापन र ट्राफिक प्रहरीसँग ट्राफिक व्यवस्थापका बारेमा छलफल भइसकेको अध्यक्ष शर्माले बताउनुभयो । सो सडक महोत्सवमार्फत ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्नसमेत माग गरिने अध्यक्ष शर्माले बताउनुभयो । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेल सडक महोत्सवले ठमेलभित्रका व्यवसायीले आफ्ना वस्तु तथा सेवाको प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रम पुस १६ गते साँझ ५ः३० बजे सुरु भई सांस्कृतिक कार्यक्रम रातको १२ः३० सम्म चल्ने उपाध्यक्ष धमलाले बताउनुभयो ।

पछिल्लो समय ठमेल पर्यटन विकास परिषद्ले विभिन्न इन्टरनेट कम्पनीको सहकार्यमा ठमेलभित्रको अव्यवस्थित तारसमेत व्यवस्थापन गरिसकेको छ । अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरी गर्न लागिएको सडक महोत्सव सम्पन्न गर्न रु २५ लाख हाराहारीमा खर्च हुने परिषद्का महासचिव राजिव पाण्डेले जानकारी दिनुभयो । उक्त सडक महोत्सवले व्यवस्थित ठमेल निर्माणमा सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ ।


प्रकाशित मिति: १५ पुष २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?