Trending
>>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने >>   नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनियताको शपथ ग्रहण
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

प्रकाशमान भन्छन-‘कांग्रेसले अर्को कांग्रेसलाई प्रतिस्पर्धि देख्दा कांग्रेस कमजोर भयो ,उपलब्धि खतरामा परे’


२ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिहले कांग्रेस कम्जोर हुदा प्राप्त उपलब्धि नै खतरामा पर्न सक्ने बताउनु भएको छ । ०४६ को परिवर्तन नरुचाएका तत्वहरु सलबलाउन कोसि गरिरहेका छन्न भन्दै प्राप्त उपलब्धि को रक्षा गर्न लाग्नु पर्ने बताउनु भयको छ । कांग्रेस ले मात्रै सबै राजनीति शक्ति हरुलाई मिलायर लैजान सक्ने भन्दै कांग्रेसले आफ्नो कार्यशैलीमा भने परिवर्तन गर्नु पर्ने उहाँको भनाई रहेको छ ।

आज नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं एकको क्षेत्रीय सम्मेलन को उदघाटन गर्दै नेता सिहले संसद चल्न सकिरहेको छैन संसद सुचारु गराउन सबै जिम्मेवार बन्नु पर्ने भन्दै गठबन्धन भित्र रहेका दलहरु यस्मा अझै जिम्मेवार बनेर संसद सुचारु गराउन लाग्नु पर्ने बताउनु भएको छ।

कांग्रेसभित्र अस्वस्थ प्रतिस्पर्धा चलि रहेको भन्दै प्रतिस्पर्धा गर्न पर्ने शक्ति बाहिर छन् तर एक कांग्रेसले अर्को कांग्रेस लाई प्रतिस्पर्धि देख्नदै जादा आज कांग्रेसको यो अवस्था आएको बताउनु भयको छ । बिकसित परिस्थिति मा आफुलाई जन्ताको दुख सुखको साथि कांग्रेस हो भनेर अनुभुत गराउने गरि काम गरेर देखाउ यसै अनुरुपका कार्यक्रम लिएर जन्ताको घर घर जानू पर्ने उहाले बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस का सहमहामन्त्री भिस्मराज आङ्दाङबे ले कांग्रेस भित्र अनावश्यक रुपमा उमेर को बहस चलाईनु भन्दा सबै उमेर समूह मिलाउन पर्ने बताउनु भएकोछ अहिले उमेर को बहसले कन्फुजन क्रेड गरेको भन्दै सबै लाई फिउजन गरेर मिलायर अघि बढ्न सके मात्रै कांग्रेस बलियो हुने बताउनु भयकोछ कार्यक्रममा बोल्दै नेपाल कांग्रेस काठमाडौ जिल्ला सभापति सबुझ बानियाँले पाटि संगठन गतिसिल र चलाएमान बनाउन सके अरु कुनै शक्ति ले कांग्रेस लाई चालेन्ज गर्न नसक्ने बताउनु भयको छ ।


प्रकाशित मिति: २ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?