Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

भारतीय दुतावासमा मनाइयो ७७ औं स्वतन्त्रता दिवस


३० श्रावण, काठमाडाैँ । नेपालस्थित भारतीय दूतावासले आफ्नो ७७ औं स्वतन्त्रता दिवस मनाएको छ । मङ्गलबार काठमाडौंस्थित भारतीय राजदूतावासमा ७७ औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको हो ।

स्वतन्त्रता दिवसको सो अवसरमा भारत सरकारको तर्फबाट दूतावासले भारतीय झण्डा फहराएर कार्यक्रम सुरु गरेको थियो । कार्यक्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको नाममा दिएको सन्देश भिडियोको माध्यमबाट प्रस्तुत गरिएको थियो । कार्यक्रममा भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त भएका नेपालीका परिवारलाई समेत सम्मान गरिएको थियो ।

उनीहरुलाई भारत सरकारको तर्फबाट भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गरेकाहरुको सम्मानमा गीत, संगीत र नाच प्रस्तुत गरिएको थियो । स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त नेपाली परिवारलाई आर्थिक सहयोगसहित खाद्यान्न, कपडाहरु पनि वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले २०४७ मा भारत स्वतन्त्र भएको सय वर्ष पूरा हुने सो समयसम्म भरत अमृतकालको रुपमा मनाउने र भारतलाई आत्मनिर्भर बनाउनेमा जोड दिने बताए । उनले स्वतन्त्रता दिवसको अवसरमा भारत र नेपालबीचको सम्बन्ध अझै प्रगाढ बनाउँदै जाने सङ्कल्प लिएको जानकारी दिए ।


प्रकाशित मिति: ३० श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?