Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

कानुनमन्त्री गुरुङको स्वास्थ्यमा सुधार


२८ ,श्रावण ,काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

बिहीबार बिहान एक्कासी ‘ब्लड प्रेसर लो’ भएपछि महराजगन्जस्थित मनमोहन कार्डियोथेरासिस एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका गुरुङको स्वास्थ्यमा सुधार हुँदै गएको हो ।

मन्त्री गुरुङका स्वकीयसचिव प्रेमप्रकाश केसीले मुटुको चाप तलमाथि भइरहेकाले लगाइएको ‘हल्टर मोनिटर’ अहिले निकालिएको बताए ।

उनलाई अहिले ‘अब्जर्वेशन’ राखिएको छ । मन्त्री गुरुङलाई हाल त्रिभुवन शिक्षण अस्पताल मनमोहन कार्डियोथेरासिस एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा रत्नमणि गजुरेल नेतृत्वको टोलीले उपचार गरिरहेको छ ।


प्रकाशित मिति: २८ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?