२७ श्रावण, काठमाडाैँ । भारतको नयाँ दिल्लीबाट आउने क्रममा पक्राउ परेका रोहन अडुकिया रिहा भएका छन् । शुक्रबार अपरान्ह पक्राउ परेपछि अध्यागमनको हिरासतमा रहेका उनी शनिबार बिहान रिहा भएका हुन् ।
एक क्विन्टल सुन तस्करी प्रकरणमा उनका बुबा राजेश अडुकियाको नाम जोडिएपछि रोहन पनि अध्यागमन विभागको कालो सूचीमा परेका थिए।
तर, सिआइबीको लिस्टमा उनको नाम नपरेको पाइएपछि उनलाई परिवारको जिम्मा लगाइएको हो ।
प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार