Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२६ पुष २०८२, शनिबार
२६ पुष २०८२, शनिबार

रोल्पामा बस दुर्घटना : चार जनाको मृत्यु


२३ श्रावण, रोल्पा । रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ यात्रु घाइते भएका छन् । मत्यु हुनेमा तीन पुरुष र एक महिला छन् ।

रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नं को बस त्रिवेणी गाउँपालिका–७ तिला रीचिमा दुर्घटना भएको हो । मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिकाका २२ वर्षीय प्रकाश बाँठा, माडी–४ का ५० वर्षीय गोरख डाँगी र उनकी श्रीमती ४५ वर्षीया हस्ता डाँगी र परिवर्तन–३ का ४६ वर्षीय भक्त विक रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । बस सडकदेखि करिब एक सय ५० मिटर तल खसेको सूचना अधिकारी भुसालले बताए ।

दुर्घटनामा परी घाइते हुनेमा रोल्पाको माडी–६ का १४ वर्षीय नवीन बुढा, वडा नं ७ का ६२ वर्षीय कमानसिंह सुनार, रोल्पा नगरपालिका–६ दार्वोटका २५ वर्षीय कमानसिंह घर्तीमगर र माडी–४ का ९ वर्षीय मिलन डाँगी छन् । अन्य घाइतेमा माडी–६ कोर्चवाङका १५ वर्षीय मुकेश पुन, माडी–२ का २० वर्षीय जितेस बाँठा, सोही ठाउँका २३ वर्षीया हिमानी घर्तीमगर र उनका ११ महिनाको छोरा ओल्सन छन् । अन्य घाइतेमा माडी–४ का ३३ वर्षीया कविता खड्का र उनको पाँच वर्षको छोरा युस, माडी–४ का २६ वर्षीया मीना डाँगी तथा माडी–२ का २८ वर्षीया त्रिपना बाँठामगर छन् ।

यस्तै उक्त दुर्घटनामा परी घाइते हुने अन्यमा परिवर्तन–३ का २४ वर्षीय खुम्बु बुढामगर, त्रिवेणी–२ नुवागाउँका १७ वर्षीया पूर्णिमा बुढामगर, सोही ठाउँका १३ वर्षीया सुस्मिता बुढामगर, माडी–२ घर्तीगाउँका ४० वर्षीया बिर्जना घर्तीमगर र २४ वर्षीय कमल खड्का, रोल्पा नगरपालिका–६ दारबोटका २४ वर्षीय ईन्द्रकुमार घर्तीमगर तथा दाङको  घोराही उपमहानगरपालिका–१२ हापुरका २४ वर्षीय चालक हुमराज बस्नेत रहेका छन् ।


प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?