Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

भारतीय विदेश सचिव नेपाल भ्रमणमा आउनुहुँदै


परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्राले नेपालको दुईदिने भ्रमण गर्नुहुने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेश सचिव क्वात्राले आगामी फागुन १ र २ गते नेपाल भ्रमण गर्न लाग्नुभएको हो ।

भ्रमणका क्रममा उहाँहरूबीच सम्पर्क सञ्जालको विस्तार, ऊर्जा, व्यापार, कृषि, स्वास्थ्य र संस्कृतिजस्ता सहकार्यलगायत द्विपक्षीय विविध विषयमा छलफल हुने कार्यक्रम तय भएको छ । दुई देशबीचको नियमित भ्रमण आदानप्रदानको निरन्तरतामा यो भ्रमण हुन लागेको हो । यस भ्रमणले नेपाल–भारतबीचको सम्बन्धलाई थप विस्तार र प्रगाढ बनाउने महत्वपूर्ण अवसरका रुपमा लिइएको छ ।

भ्रमण पूरा गरी भारतीय विदेश सचिव क्वात्रा फागुन २ गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


प्रकाशित मिति: २७ माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?