Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

बिजलपुरामा प्रसूतिकक्ष सञ्चालन


२१ ,श्रावण ,महोत्तरी । महोत्तरीको उत्तरवर्ती बर्दिबास–१३ बिजलपुरामा प्रसूतिकक्ष तथा जनस्वास्थ्य प्रयोगशाला सञ्चालन भएको छ ।

बर्दिबास नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले शनिबार ती स्वास्थ्य सेवा शुभारम्भ गरेका हुन् । आफ्नो बस्तीमा प्रसूतिकक्ष र स्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएपछि बर्दिबास–१२, १३ बिजलपुराका बासिन्दा खुशी भएका छन् ।

सानो–तिनो उपचारका लागि टाढा अस्पताल जानुपर्ने झन्झट र खर्चिलो उपचारबाट राहत पाइने बर्दिबास–१२ की गीतादेवी महतोले बताईन् । यहीँ नै प्रसूतिकक्ष सञ्चालनमा आएपछि ज्यान जोखिममा पारेर घरमै बच्चा जन्माउनुपर्ने अवस्था अन्त्य हुने उनको भनाइ छ ।

बिजलपुरा प्रसूतिकक्ष र स्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याउने बर्दिबास नगरक्षेत्रको दोस्रो सरकारी स्वास्थ्य संस्था हो । यसअघिदेखि नै बर्दिबास अस्पतालले यी सेवा दिँदै आएको छ ।

सो अवसरमा नगरप्रमुख क्षेत्रीले बिजलपुरा स्वास्थ्यचौकीलाई एक महिनाभित्र एम्बुलेन्स दिइने घोषणा गरे । बिजलपुरा स्वास्थ्यचौकीमा थपिएको सेवाले गौशाला, भङ्गाहा र औरही नगरपालिकाका १० भन्दा बढी बस्ती र बर्दिबासकै वडा नं ८ र ९ का सर्वसाधारणको स्वास्थ्य सेवामा पहुँच बढ्ने अपेक्षा गरिएको छ ।

भङ्गाहाका ४, ६ र ७ औरहीका १ र २ एवं गौशालाका १ र ३ वडा बिजलपुरासँग जोडिएका बस्ती हुन् । त्यसैगरी बर्दिबासका ८ र ९ पनि बिजलपुरासँग जोडिएका छन् । गौशाला नगरपालिकाका प्रमुख डा दीपेन्द्र महतोसहितका सर्वसाधारणको उपस्थिति थियो ।

बिजलपुराका अगुवा समाजसेवी कृष्णप्रसाद पौडेलले करिब रु एक करोड ५० लाख मूल्य पर्ने पाँच कठ्ठा जग्गा स्वास्थ्यचौकी निर्माणका लागि एक दशक पहिले नै निःशुल्क प्रदान गरेका थिए । सोही जगगामा निर्मित आधुनिक भवनमा स्वास्थ्यचौकी सञ्चालन छ ।


प्रकाशित मिति: २१ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?